२८ बैशाख २०८१, शुक्रबार

नेकपा पश्चिम दाङको आठौं समिक्षात्मक बैठक सकियो, यस्ता छन् निर्णयहरु

0

 

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्ला समितिको बैठक सम्पन्न भएको छ ।

बुधबार तुलसीपुर स्थित पार्टीको सम्पर्क कार्यालयमा पार्टीको  आठौं समिक्षात्मक बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीले जुझारु संगठनविना क्रान्ती नहुने बताए ।

उनले भने – ‘ हामिले नेपालमा एकीकृत जनक्रान्ती चलाइरहेका छौँ । यो नेपालको मौलिक क्रान्तीको कार्यदिशा हो । पार्टी नेताकार्यकर्ताहरुले बुझ्ने कुरा के हो भने जुझारु संगठनबिना क्रान्ती गर्न सकिदैन । हामिलाई जनताले अपार माया गरिरहेका छन् , पार्टीमा गोलबन्द भईरहेका छन् तरपनि अझै हामिले विशाल , जुझारु एवम प्रतिबद्ध संगठन निर्माणमा जुट्नुपर्छ ।’

नेता शितलले नेपालमा अहिले समाजवादको बहस चलिरहेको भन्दै खुसी व्यक्त गरे ।

अहिले नेपालमा व्यापक रुपमा समाजवादको बहस चलिरहेको छ , उनले थप भने, ‘ नेपालमा समाजवादको बहस व्यापक बन्दै गईरहेको छ यो खुसीको कुरा हो । नेपालमा अहिले देखिएको राजनीतिक , आर्थिक , सांस्कृतिक , सामाजिक एवम तमाम खालका संकटहरुको निवारण केवल समाजवादी व्यवस्थावाट मात्रै सम्भव छ । हामिले अहिले नेपाली बिशेषताको समाजवादको प्रस्ताव अघि सारेको छौँ यो विषयमा सबैले विचार , विमर्श गर्नुपर्छ ।’

नेता शितलले अहिले व्यवस्था र नेतृत्वको विकल्प दिनुपर्ने समेत स्पष्ट पारेका थिए ।

संसदीय व्यवस्थाबाट नेपालका सवै समस्याहरु हल नहुने भएकाले नेपाली जनताको सदियौँदेखीको चाहना समाजवाद भएकाले समाजवाद स्थापनाका लागि सवैसंग सहकार्य गर्न नेकपा तयार रहेको बताएका थिए ।

समिक्षात्मक बैठकमा सबै जिल्ला कमिटीका सदस्यहरुले पार्टीले सञ्चालन गरेको दुई महिने अभियानको आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए भने रिपोर्टमाथी उठेका प्रश्नहरुको जवाफ पार्टीका जिल्ला इन्चार्ज प्रदिप सीले सबिस्तार व्यक्त गरेका थिए ।

पार्टीको समिक्षात्मक बैठकले शान्तिनगर गाउँपालिकाको सेक्रेटरीमा मनोज सीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै बैठकले दंगिशरणमा समाजवादी मोर्चा , नेपाल घोषणा कार्यक्रमको तयारी गर्ने , समाजवादी मोर्चाको केन्द्रीय परिपत्र अनुसार जिल्लामा वालिङ गर्ने , जनवर्गीय मोर्चा , संघ/संगठनका रिपोर्टहरु केन्द्रित गरि आगामी कार्ययोजना तर्जुमा गर्ने , तुलसीपुर १३ र १४ को सेक्रेटरीमा घनश्याम सीलाई जिम्मेवारी दिने लगाएतका निर्णय गरेको नेकपाले जनाएको छ।

नेकपाका पिबिएम शितल सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , केन्द्रीय प्रतिनिधि समिती सदस्य विकाश सीको आतिथ्यता रहेको थियो ।

बैठकको अध्यक्षता एवम सञ्चालन पार्टीका जिल्ला सेक्रेटरी निर्मल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।