
इटहरी– युवा संगठन नेपाल सुनसरीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सुनसरीको इटहरीमा सम्पन्न सम्मेलनले मिलन राना (मिलन सी) को अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
संगठनको उपाध्यक्षमा मनकुमार देवान, सचिवमा विश्वहाङ्ग लिम्बु, कोषाध्यक्षमा शोभा सिवा र सहसचिवमा एलेक्स सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा संदिप मगर, समशेर बि.क., उज्वल पासवान, जीवन कुरुङ, राम राई, साहिल राई, आशिष राई, सुनिल परियार, हेन्जिल राई, अंकित तामाङ, प्रविन नेपाली, सविन बहादुर राई, मनिष चौधरी, अविनास थापा, ,मनिस लियाली, हर्कित बि.क रहेका छन् ।
नेकपा पोलिटब्युरो सदस्य तथा कोसी व्युरो इन्चार्ज दिपेश सीको प्रमुख अतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा बोल्दै दिपेशले अहिलेको दलाल पुजीवादी संसदीय ब्यवस्था हरेक प्रगतिशील जाती, वर्ग, समुदायको प्रगतिको बाधक रहेको हुँदा यो ब्यवस्थाको विकल्प जनताको सत्ता नेपाली विशेषताको समाजवाद–साम्यवाद स्थापना गर्न सचेत नौजवान युवाहरूको दायित्व रहेको बताएका थिए ।
कार्यक्रमका नेकपा सुनसरी जिल्ला इन्चार्ज डिबि सी, युवा संगठन नेपालका निवर्तमान केन्द्रीय कोषध्यक्ष तथा पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य सुबाश सी, समाजवादी लिम्बूवान मोर्चाका गजेन्द्र सी, उत्तर–दक्षिण सुनसरी जिल्ला सेक्रेटरीहरु सुरेस सी र जीवन सले शुभकामना मन्तव्य राखेका थिए । सुनसरी युवा संगठन नेपालका निवर्तमान जिल्ला संयोजक जितेन्द्र सीको अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन नन्दु सीले गरेका थिए।