२७ बैशाख २०८१, बिहीबार

जनयुद्ध विश्व कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक थियो : शिलु सी

0

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गोर्खा जेलब्रेककी कमाण्डर उमा भुजेल (शिलु सी)ले जनयुद्ध विश्व कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक भएको बताएकी छन् । जनयुद्धको वीरगाथा २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रममा अनुभूति मन्तव्य राख्दै शिलुले जनयुद्धका उपलब्धीलाई रक्षा गर्नपर्ने बताइन् ।

नेपालमा भएको जनयुद्ध विश्व कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक भएको बताउँदै उनले आजसम्म यस्तो आन्दोलन अनेत्र कतै पनि नभएको र आगामी दिनमा पनि यस्तो आन्दोलन हुने सम्भावना कम भएको बताइन् । उनले जनयुद्धका उपलब्धिको रक्षा गर्दै समाजवादको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले आफूहरु विचारमा स्पष्ट भएका कारण गोर्खा जेलब्रेक गर्न सफल भएको जानकारी दिइन् । ‘हामी विचारमा स्पष्ट थियौं, नेतृत्वप्रति विश्वास थियो, लक्ष्यप्रति स्पष्ट थियौं ।’, उनले भनिन्, ‘विचारमा स्पष्ट भएपछि, नेतृत्वप्रति विश्वास भएपछि, लक्ष्यप्रति स्पष्ट हुँदा मर्ने कुरा सहायक हुँदो रहेछ । अफ्ठ्याराहरु सामान्य हुँदा रहेछन् । हामी मर्न तयार भएपछि जेलब्रेक गर्न सफल भएका थियौं । यसमा हाम्रो टिमवर्कको भूमिका महत्वपूर्ण थियो ।’

ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै सबैले सहि ढंगबाट जिम्मेवारी पुरा गर्दा आफूहरु सफल भएको उनको भनाई थियो । शिलुको नेतृत्वमा २०५७ साल चैत्र १७ गते ६ जना महिलाले गोर्खा जेलब्रेक गरेका थिए । यो घटनालाई विश्वभर ऐतिहासिक घटनाका रुपमा लिने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।