२० बैशाख २०८१, बिहीबार

दुई दर्जन भन्दा बढि मजदुर नेताहरु नेकपामा प्रवेश

0

काठमाडौं: दुई दर्जन भन्दा बढि मजदुर नेताकार्यकर्ता नेकपामा ध्रुवीकृत भएका छन् ।

काठमाडौँ, कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे हलमा सोमबार अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको आयाेजनामा भएको एकता तथा ध्रुवीकरण कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी मजदुर संगठनबाट विद्रोह गरि रामचन्द्र थापा, राजकुमार मगर, सुमन बस्नेत, रमण तिमल्सिना, रमेश बस्नेत, विकास थापा, केशब बुढाथोकी, अरुण श्रेष्ठ, सुरेश खड्का, केशब महत, इश्वर कार्की, भिमकुमार थुलुङ, विजय बिष्ट, निरोज फुल्याल लगायत दुईदर्जन भन्दा बढि मजदुर केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरु नेकपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा महासचिव विप्लव सीले टीका तथा खादा लगाएर स्वागत गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लवले पार्टी ध्रुवीकरणको एजेण्डा वैज्ञानिक समाजवाद केन्द्रित सेन्टरमा नेपाल कम्युनिस्ट पार्टी भएकाे बताएका छन् ।
देशमा वैदेशिक हस्तक्षेप बढिरहेको र साम्राज्यवाद जबर्जस्त प्रवेश गर्न लागेको र स्वदेशमा रहेका सामाजिक दलाल साम्राज्यवादका खेलौनाले जनताको बलिदानबाट आर्जित सम्पत्ति र उपलब्धिलाई अपराधिकरण गर्न खोजेको बेला देशलाई स्वाधीन बनाउन एकचोटी देशभक्त, वामपन्थी, राष्ट्रवादी लोकतन्त्रवादीहरु एक ठाउँमा आएर एकताबद्ध हुनुपर्नेमा जोड दिए । अब यसको लागि मोर्चा सँगसँगै ध्रुवीकरण गरेर पार्टीलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यक रहेको उनको भनाइ थियो ।

 सच्चा क्रान्तिकारीको सहकार्य र एकताले मात्र देशमा स्थायी शान्ति र मुक्ति हुने भएकोले अब यसको लागि ढिला नगरिकन ध्रुवीकरणमा लाग्नुपर्ने र यसको लागि नेकपा एकताको सेन्टर भएको र एकताको मूल एजेन्डा वैज्ञानिक समाजवाद भएको उनको भनाइ थियो ।

ध्रुवीकरणमा सहभागी मध्यबाट राजकुमार मगरले अनुभूतिसहित प्रतिबद्धता व्यक्त गर्नेक्रममा अबको देशको निकास दिने विचारसहितको पार्टी नेपाल कम्युनिस्ट पार्टी र गतिशील नेतृत्व विप्लव लगायतको टिम नै भएकोले आफुहरु विश्वस्त भएर लागेको र यो पार्टीको उत्पादन नीति र अनिश्चय तथा रुपान्तरणको सिद्धान्तले मन छोएको बताए ।
महासचिव विप्लवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थायी समिति सदस्यहरु सन्तोष सी, अनिल सी, सुशील सी लगायतका पोलिट ब्युरो सदस्य तथा केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष श्याम सीले गरेका थिए भने संचालन महासंघका महासचिव टेक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।