२० बैशाख २०८१, बिहीबार

दैलेखकाे दुल्लुमा साँस्कृतिक कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे आयाेजनामा दैलेखकाे दुल्लु नगरपालिका वडा नं. ७ काे चाँदनीचाेक बजारमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले नेपालकाे स्वाधिनता खतरामा रहेकाे बताए । एमसीसीकाे बहानामा अमेरिकी सेना नेपालमा आएकाे उल्लेख गर्दै अमेरिकाले नेपाललाई गुलाम बनाउने, कम्युनिस्टहरूलाई सिध्याउने र चीनलाई घेर्ने रणनीतिका साथ हस्तक्षेप गरिरहेकाेमा जाेड दिए । देशलाई बँचाउन कम्युनिस्ट, वामपंथी, गणतन्त्रवादी र देशभक्त शक्तिहरु एकजुट हुनुकाे विकल्प नरहेकाे तर्क गरे । मान्छेहरु पुँजीकाे पछि दौडिरहेकाे बताउदै पुँजीकाे जन्म श्रमबाट हुने बताए । देशभित्रकाे प्राकृतिक स्राेत र श्रमलाई ठिक ढंगले परिचालन गर्न सके देशलाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गरे ।समाजवादी माेर्चामार्फत देशलाई नेपाली विशेषताकाे समाजवादतिर अगाडि बढाउनुपर्ने बताए । नेकपा दैलेखका सेक्रेटरी प्रकाश सी, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समिति सदस्य सभ्यता सी, अखिल समाजवादीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज उदय सी अतिथि रहेकाे कार्यक्रमकाे अध्यक्षता जनक सी र सँञ्चालन उमेश सीले गरेका थिए ।
प्रभात जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।