१७ बैशाख २०८१, सोमबार

साहित्य र कला विचार धारात्मक र राजनीतिक सङ्घर्षको भिन्न मोर्चा हो : अनिल सी

0

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीले साहित्य र कला, विचार धारात्मक र राजनीतिक सङ्घर्षको भिन्न मोर्चा भएको बताएका छन् । शनिवार काठमाडों, अनामनगरस्थित संवाद डबलीमा भएको लेखक तिलक शर्माकृत संस्मरण सङ्ग्रह ‘बन्द पर्खाल’ को लोकार्पण कार्यक्रममा मन्तब्य राख्द अनिलले सो कुरा बताएका हुन ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटा ‘कञ्चन’ले माओवादी नेताहरूको रुपान्तरण हुनुपर्ने बताए । कार्यक्रममा समालोचकहरु अनुपमा रेग्मी, बालकृष्ण अधिकारी, ईश्वरचन्द्र ज्ञवालीले कृतिमाथि टिप्पणी गरेका थिए ।

भुँडिपुरण प्रकाशनले प्रकाशित गरेको कृतिको लोकार्पण कार्यक्रमको अध्यक्षता संस्थाका प्रबन्धक केशव पराजुली र सञ्चालून लेखक तथा पत्रकार खेम थपलियाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।