१७ बैशाख २०८१, सोमबार

युवा संगठन नेपालको अध्यक्षमा दिनेश सी सर्वसम्मत निर्वाचित

0

धनगढी – १३३ सदस्यीय केन्द्रीय समिति पारित भएसङ्गै युवा संगठन नेपालकाे केन्द्रिय समितिको बैठकले दिनेश सीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संगठनका पूर्व उपाध्यक्ष दिनेश सीको नेतृत्वमा ५ जना पदाधिकारी चयन भएका छन् । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विश्लेषण सी, महासचिव सुवाश सी, सचिव अनिल सी र कोषाध्यक्ष जिवनी सी रहेका छन् ।
यस अघि ११ जना पछि मनोनित गर्नेगरी १३३ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत पारित भइसकेको छ ।
त्यही नवगठित केन्द्रिय समितिको बैठकले पदाधिकारी सर्वसम्मत पारित गरेको हो ।
निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको सपथ ग्रहण  सकिएसङ्गै महासचिव विप्लवले अविर लगाएर नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।