११ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टीद्वारा हरैयाको जमिनमा काम गर्न रोक

0

धनगढी । नेपाल कम्युनिष्ट पार्टीले गोदावरी नगरपालिका हरैयामा रहेको जमिनमा काम गर्न रोक लगाएको छ । सोमबार नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले काम गर्न राेक लगाएको हो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव समर सीले जनयुद्ध कालदेखि पार्टीले कब्जा गरेको जमिनमा सुकुम्बासी बस्ती रहेको जमिनमा भौतिक संरचना बन्न थालेपछि काम गर्न रोक लगाएको जानकारी गराए । जनयुद्ध कालमा दाङका रणबहादुर शाहको नाममा रहेको १८ विगाह जमिन पार्टीले कब्जा गरी भूमिहिन सुकुम्बासी बस्दै आएकोमा भूमाफियाहरुले चलखेल गरी हटाएपनि उक्त जमिन पार्टीकै कब्जामा रहेकाले भौतिक निर्माण बन्द गराएको जानकारी गराए । सोमबार सयौँ जनाको समुहमा हरैया पुगेका उनले नेपाल कम्युनिष्ट पार्टी मजदुर, किसान र भूमिहीन सुकुम्बासीको पक्षमा भएको बताउदै उक्त जमिनमा काम नगर्न अनुरोध गरि काम बन्द गराएको उनले जानकारी गराए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले पार्टीको कब्जामा रहेको जमिनमा रहेका सुकुम्बासीलाई हटाएर भूमाफियाले भौतिक संरचना बनाउन लागेको बताउदै कुनैपनि हालतमा काम गर्न नदिने बताए । उनले काम गरिरहेका मजदुरहरुलाई सम्झाई बुझाई गरेर काम गर्न नआउने गरी पठाएको जानकारी गराए । भूमाफियाहरुले सुकुम्बासीलाई असारको महिना बर्षातको समयमा घर भत्काएर दु:ख दिनुका साथै हटाएको बताउदै पार्टीले कुनैपनि हालतमा कब्जा जमिन नछोड्ने बताए । दाङका रण बहादुर शाहको १८ विगाह जमिन पोखराका बिमल बस्याल लगाएत सञ्चालक रहेको शाैभाग्य रियल स्टेटको नाममा उक्त जमिन नामसारी भएको बताइएको छ । जग्गा प्लटिङ गरी सडक निर्माण र विद्युत पोल निर्माणको काम भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले काम गर्न बन्द गराएको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।