७ जेष्ठ २०८१, सोमबार

केन्द्रीय सत्ता कब्जा गर्न गण्डक उठ्नुपर्छ : शिलु सी

0

पोखरा– नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शिलु सीले केन्द्रीय राज्यसत्ता कब्जा गर्ने कुरामा गण्डकले महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।
मङ्गलबार पोखराको सहिदचोकस्थित सहिदपार्कमा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध बिस्तार तथा राजनितिक वैचारीक प्रशिक्षक कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा प्रसिक्षाणत्मक मन्तव्य राख्दै यस्तो बताएकी हुन् ।
कार्यक्रमको अध्यक्षसमेत रहेकी नेता शिलुले केन्द्रीय राज्यसत्ता कब्जा गर्न गण्डक उठाउनु पर्ने बताइन् ।
उनले भनिन्,” जनयुद्धको आधार इलाका रुकुम रोल्पाले नेपालबाट राजतन्त्र फालेर गणतन्त्र ल्याउन जति महत्वपूर्ण भूमिका खेल्यो त्यति महत्वपूर्ण भूमिका गण्डकको पनि थियो ।”
अहिले एकीकृत जनक्रान्तिको कार्यभार पूरा गरेर दलाल सत्ताको अन्त्य गर्दै समाजवादी व्यवस्था ल्याउन केन्द्रीय सत्ता कब्जा गर्न एकपटक फेरि गण्डकी उठाउनुपर्ने छ र उठ्छ उनले भनिन्।
उनले नेपालका सबै जनताहरुले अबको विकल्प नेकपा मात्र हो भनेर भरोसा गरेको बताइन् ।
उनले भनिन्, “यो देशका राजनीतिक दल र सम्पूर्ण उत्पीडित जनताहरुले हाम्रो पार्टीप्रति ठूलो आसा र भरोसा गरेका छन् त्यसलाई टुट्न नदिन देशको नेतृत्व नेकपाले लिनुपर्छ नत्र जनताको भरोसा टुट्छ ।”
आजको समस्याको हल विप्लवले मात्र गर्छ भन्ने माहोल बनेको यो माहोल सिर्जना हुनुमा हाम्रा नेता कार्यकर्ताहरुको अथाह मेहनत पार्टीले संश्लेषण गरेको नयाँ विचार दर्शन, पार्टीले लिएको आत्मनिर्भर अर्थनीति, चन्दा मुक्त पार्टी, सी जातिको अवधारणा, आदि कारणले राजनीतिको केन्द्रमा विप्लव रहेको उनको दाबी थियो । देशैभर नेकपाको माहोल बन्नुमा नेकपाको निस्वार्थता गतिशिलता र जनउत्तरदायित्वको कारण रहेको समेत बताइन् ।
अरु सबैमा केही नयाँ गर्नु पर्छ भन्नेछ तर आफू अग्रसर नभइ नेकपाले गर्दियोस् भन्नेछ।
उनले थपिन्,”अब पार्टीले अघि सारेको नेपाली विशेषताको समाजवादको बारेमा जनस्तरसम्म जान जरुरी छ । समाजवादी मोर्चालाई थप सुदृढ गर्न जरुरी छ । समाजवादका लागि फराकिलो मोर्चा बनाउन जरुरी छ ।”
दलाल सत्तामा इतिहासमा कहिल्यै नभएको संकट आएको ठोकुवा गर्दै नेता शिलुले जनताले नयाँ विकल्प खोजेको छ पुरानो पार्टीमा जनताको भरोसा हराएको बताइन् ।
उनले भनिन्,”सरकार कसरी बनाउने सत्ता कसले कब्जा गर्ने कस्को बिरुद्ध लागेर कसको साथ लिएर उसलाई गिराउन सकिन्छ भन्ने खेलमा सत्तासिन पुराना पार्टी छन तर जनताको पक्षमा नेकपा सधै प्रतिवद्ध छ ।
अहिले देश भू-राजनीतिक चपेटामा छ वैदेशिक हस्तक्षेप छ साम्राज्यवादले पुराना शक्तिबाट नेपालमा आफ्नो प्रभुत्व जमाउन असम्भव देखेपछि रवि जस्ता नयाँ जोगीहरु खडा गरेको छ । जसले व्यवस्था ठिक छ अवस्था परिवर्तन गर्नुपर्छ भन्ने भ्रम फैलाएर जनताको सेन्टिमेन्टमाथि खेलिरहेका छन, यो धेरै टिक्दैन।”

अन्तर्राष्ट्रिय परिस्थिति र साम्राज्यवादको नाङ्गो हस्तक्षेपतर्फ इङ्गित गर्दै शिलुले अहिले विश्व २ ध्रुवमा विभाजित भएको अवस्थामा अमेरिका अर्थात साम्राज्यवादको प्रभुत्व टिक्छ भन्ने ग्यारेन्टी नभएको ठोकुवा गरिन् ।
उनले भनिन्, ” नेपालमा नेपाली विशेषताको समाजवादी क्रान्ति सफल हुने अनकुल समय भएको छ त्यसको नेतृत्व नेकपाले गर्छ।” अहिलेको प्रधान अन्तर्विरोध नेपालका राजनीतिक दलहरुसङ्ग नभएर दलाल पुजिवादसंग भएको बताउदै उनले समाजवादका निम्ति अहिले अनकुल समय छ तर त्यो नेकपा एक्लै अघि बडेर सम्भव छैन त्यसका निम्ति पार्टीले ४ मित्र वर्ग ४ मित्र शक्ति र ६ मित्र समुदायको अवधारणा अघि सारेको र त्यसको ज्वलन्त उदाहरण समाजवादी मोर्चा भएकोमा जोड दिइन् ।
पछिल्लो राष्ट्रिय राजनीति र पार्टीले अघि सारेको अवधारणाप्रति प्रष्ट पार्दै नेकपाले लिएको निर्वाचन प्रयोगको नीतिप्रति सङ्क्रिर्ण नहुन अनुरोध समेत गरिन् । उनले थप प्रष्ट पार्दै भनिन्,” नेपालका कम्युनिस्टहरुको चुनाव प्रयोग चुनावदेखि चुनावसम्म मात्र भयो चुनावमा गए संसदवादी हुने नगएर बहिस्कार गरे क्रान्तिकारी हुने यो बुझाइबाट माथी उठ्नु पर्छ २० औं सताब्दीको दृष्टिकोणलाई अहिले २१ सताब्दिमा आएर त्यही बुझाइको रटान लगाउनु वस्तुवादी नभएकाले निर्वाचनलाई एकीकृत जनक्रान्तिको ५ प्रयोग मध्यको अर्को प्रयोगको रुपमा बुझेर समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्छ यही नै वैज्ञानिक र वस्तुवादी हुन्छ।”
क्रान्तिको निम्ति हिजोको संकिर्णताले हुँदैन विशाल मोर्चासहित सम्पूर्ण माओवादी घटक कम्युनिस्ट पार्टी समाजवादी देशभक्त लोकतन्त्रवादीहरु एक भएर नेपाली विशेषताको समाजवादमा जान तयार भए यसले विभिन्न खाले साम्राज्यवादी षड्यन्त्रलाई परास्त पार्छ,यो देशलाई अग्रगमनतर्फ लाग्न सकिनेमा उनको जोड थियो ।
नेकपाका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज उभार सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्यहरु आजाद सी, आस्था सी, विप्लव सी, लगाएत प्रदेश अन्तर्गतका ११ ओटै जिल्लाका जिल्ला इन्चार्जहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा दुई सयभन्दा बढी प्रशिक्षणमा सहभागी थिए।
कार्यक्रम सकिए लगतै बैठक बसेर जनसम्बन्ध सुदृढ अभियानलाई प्रदेशव्यापी बनाउने नेकपा गण्डकले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।