१२ श्रावण २०८१, शनिबार

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय कार्यलयको विस्तारित बैठक सम्पन्न

0

काठमाडौं– अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय कार्यलयको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीको नवौं केन्द्रीय समितको पाचौँ पूर्ण बैठकका योजना सम्प्रेषण तथा कार्यन्वयनमा महासंघले खेल्नु पर्ने भूमिका र दायित्व लागायतका बारेमा छलफल भएको छ ।
बैठकले पार्टीको पछिल्लो बैठकले निर्णय गरेको पार्टीको संगठनात्मक भाैगाेलिक संरचना अनुसार महासङ्घका संरचनाहरुलाई व्युरोबाट प्रदेश स्थरमा विस्तार गरेको छ ।

१० गते बागमती प्रदेश दोलखा जिल्लाबाट शुरु हुने सामना परिवारको अभियानमा महासङ्घका टिमहरु जुट्ने अभियानसँगै महासङ्घका सात वटै प्रदेश समितिहरु विस्तार गरि सक्ने निर्णय भएको महासघङ्का महासचिव कुशल सीले जानकारी दिए ।
साथै पार्टीेले संञ्चालन गरेका सम्पूर्ण संघर्षका कार्यक्रमा महासङ्घ सहभागी हुने निर्णय पनि गरेको छ ।

आइतबार काठमाडौंको बुद्धनगरमा सम्पन्न बैठकमा संगठनका अध्यक्ष तथा पार्टी पाेलिट ब्युरो सदस्य माइला सीको अध्यक्षता रहेकाे थियो भने नेकपा महासचिव विप्लव सीको विशेष उपस्तिथि रहेको थियो । सञ्चालन संगठन महासचिव कुशल सीले गरेको बैठकमा पदाधिकारी तथा कार्यलयका सदस्यहरुलेे सुझाव र कार्यक्षेत्रको रिपोर्टिङ गर्ने काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।