![](https://janapatrika.com/wp-content/uploads/2024/05/biplab-1-scaled.jpg)
काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको कम्युनिस्ट आन्दोलन र माओवादी धारालाई एकताबद्द गर्दै बेपत्ता योद्धा र सहिदहरुका सपना साकार पार्ने बताएका छन् ।
सोमबार बेपत्ता योद्दा परिवार समाज नेपालद्वारा काठमाडौमा आयोजित `बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया बिषयक ´अन्तर्कृयालाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले कम्युनिस्ट आन्दोलन र माओवादीघटकलाई एकता गर्नुपर्ने आवश्यकता रहेको बताए ।
“सबै माओवादी एक हुने कुरा गरौं, सबै कम्युनिस्ट समेत एक बनाउने गरि सोच्नुपर्छ, त्यो भनेको देशको हितलाई केन्द्रमा राखेर जानुपर्छ महासचिव बिप्लवले भने-“यसरी नै नेपाललाई अगाडि बढाउने र सहिद, बेपत्ता योद्धाहरुको सपना पूरा गर्नुपर्छ ।”
जनयुद्धमा बेपत्ता पारिएका योद्धाहरुको अवस्था तत्काल सार्वजनिक गर,बेपत्ता योद्धाहरुको योगदानको संस्थागत गर भन्ने नारासहित आयोजित कार्यक्रममा महासचिव विप्लवले बेपत्ताहरुको सवाल सबैको चासोको बिषय हो तर यति हुँदाहुदै पनि परिवर्तनको आन्दोलन तथा उपलब्धिको मुख्य योगदानकर्ताको योगदानलाई स्वामित्व लिने, संस्थागत गर्ने र स्थपित गर्ने कुरामा राज्यले जिम्मेवारी लिन नसकेकोले नै शान्ति प्रक्रियाका बाकी कामहरू अझै पूरा हुन नसकेको बताए ।
मन्तव्यको क्रममा महासचिव विप्लवले बेपत्ता , सहिद परिवार र शान्ति प्रक्रियालाई सम्बोधन गर्नुपर्छ, यसबारे बोल्नुपर्छ भन्ने कुरामा सबै दलहरुका नेताहरूमा समान धारणा भएपनि बोल्ने कुराको तरिका के हो भन्ने र यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा नमिलेकाले समस्या सम्बोधन हुन नसकेको भन्दै बेपत्ता योद्धाहरुको योगदान, उनीहरुको सम्मान र न्याय दिने कुरामा दलहरू फरकफरक बुझाइमा होइन कि यसलाई साझा सवाल बनाउन जरुरी रहेको समेत उनको भनाइ थियो ।