![](https://janapatrika.com/wp-content/uploads/2024/05/IMG_20240520_135627-scaled.jpg)
नेपाल कम्युनिस्ट पार्टी गोरखाले जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता परिएका वेपत्ता योद्धाहरुको स्मरणमा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी काजी सीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कपिल सी रहेका थिए भने कार्यकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य योगेन्द्र सी, सहिद परिवारजन, बेपत्ता परिवारजन, जवस मोर्चाका नेताहरुको उपस्थित रहेको थियोे ।
अन्तरक्रियात्मक बनेको कार्यक्रममा प्रमुख अतिथि कपिलले पार्टीको पछिल्लो राजनीतिक कार्ययोजना र समसामयिक राजनीतिको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा बेपत्ता योद्धा जमुना कुमाल (अमृता) को बुवा गमबहादुर कुमाल र आमा रेनुदेवी कुमाललाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन पार्टी जिल्ला सदस्य गङ्गा सीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्