२३ भाद्र २०८१, आईतवार

तुलसीपुरका माधव रेग्मीले रोजे विप्लव नेतृत्वको नेकपा

0

तुलसीपुर । लामो समयसम्म स्वतन्त्र बसेका तुलसीपुरका माधव रेग्मी विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन् ।

सोमबार नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीको बैठकमा पार्टीमा ध्रुविकृत भएका तुलसीपुर १५ का रेग्मीलाई पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सविन सी लगाएतका नेताहरुले स्वागत गरेका हुन् ।

तुलसीपुर -१५ बस्ने माधव रेग्मी माओवादी आन्दोलनका सक्रिय नेता हुन् । उनी लामो समयदेखि माओवादी आन्दोलनमा राजनीतिक विचलन , स्खलन देखिएपछि जिम्मेवारी नलिइ स्वतन्त्र बसेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत हुँदै रेग्मीले माओवादी आन्दोलनमा देखिएको विचलन, स्खलनका विरुद्ध विप्लवले क्रान्तिको झण्डा सचेततापूर्वक उठाएकाले आफू पार्टीमा जोडिएको बताएका हुन् ।

नेता रेग्मीले विप्लवबाट जनताले ठूलो अपेक्षा गरेकाले कुनैपनि मूल्य चुकाएर भएपनि एकीकृत जनक्रान्ति पूरा गरि नेपाली जनतालाई समाजवादी व्यवस्थाबाट समृद्ध बनाउनुपर्ने धारणा राखेका थिए ।

यसैबिच नेकपा तुलसीपुर उपमहानगरपालिकाले पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पूर्ण बैठकले पालिकामा समाजवादका पक्षमा राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।