२ कार्तिक २०८१, शुक्रबार

नवलपुरले गर्यो बेपत्ता योद्धा परिवारलाई सम्मान 

0

नवलपूर । नेपाल कम्युनिष्ट पार्टी नवलपूर जिल्ला समितिले १५ औं बेपत्ता योद्धा स्मरण दिवसको अवसरमा मध्यबिन्दुको बसन्तपूरमा जिल्लाका बेपत्ता योद्धाका ८ परिवारलाई सम्मान गरेको छ । जिल्लाबाट तोयानाथ न्यौपाने, कृष्णप्रसाद श्रेष्ठ,  टिका रानाभाट,  जानकी रानाभाट,  धर्म पराजुली,  गङ्गा केसी,  जित बहादुर बिक र राजकुमार बिक बेपत्ता भएका थिए । 

 बेपत्ता याेद्धा परिवारलाई आर्थिकसहित दाेसल्ला ओढाएर सम्मान गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं नवलपूर जिल्ला इन्चार्ज जुझारुले सहिद तथा बेपत्ताले देखेका सपनाहरु पूरा नभएको भन्दै नेकपा त्यही सपनाहरु पूरा गराउन लडिरहेको बताए । उनले समाजवादी सत्ता स्थापना भएपछि मात्र बेपत्ता र सहिदहरुको सपना पूरा गर्न सकिने कुरामा जोड दिएका थिए । सम्मानित बेपत्ता योद्धा राजकुमार विकको दाई मनोज गौतमले धेरै पार्टीले बेपत्ता र सहिदलाई बिर्सेको भन्दै नेकपाले सहिदले देखाएको बाटो नछोड्न सुझाव दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।