सुर्खेत । मान्छेले व्यवसाय गरेर दुईचार पैसा कमाउने सपना देख्नु अन्यथा होइन । कर्णालीका खच्चर व्यवसायहरुले पनि यस्तै सपना देखेका थिए । तर सरकारले बनाएका कमजोर विकासे संरचनाले गर्दा खच्चर व्यवसाय मात्र होइन दिनहुँ कर्णालीका सबै जनताले दुख पाउने गरेका छन् ।
स्तरिय मोटरबाटो नहुदा दुर्घटनामा बर्सेनी ज्यान गुमाउनु ,सबै ठाउँमा मोटरबाटो नपुग्नु, पिठ्यूमा भारी बोकेर पेटपाल्नु र कहिले खच्चरबाट भारी बोकेर गुजारा गर्नु कर्णालीवासीहरुको दैनिकी हो ।
अहिले पनि मोटरबाटो पुगेको भनिएपनि कर्णालीवासीहरुले खच्चर व्यवसायलाई निरन्तरता दिएका छन । यो कर्णालीवासीको पसुपालन भित्रको व्यावसायिक पहिचान हो । साँगुरो बाटो र गाउँ –गाउँको साना तिना बाटाहरुमा मोटरबाटो पुग्दैन । मोटरबाटो पुगेको ठाउँमा पनि गाडीमा सामान लिदा निकै महंगो भाडा तिर्नुपर्ने कर्णालीवासीको बाध्यता छ ।
जसले गर्दा कर्णाली मात्र होइन सुदूरपश्चिमको अछाम जिल्लाका विभिन्न ठाउँमा समेत कर्णालीबाटै खच्चरहरुबाट सामान ढुवानी हुने गरेको छ ।
राज्यसत्ताको सैतेनी व्यवहारले विकास निमार्णको प्राथमिकताबाट सधै पछाडि पारिएको कर्णालीमा यहाँका वासिन्दाहरुले निकै दुखको भारी बोग्नु परेको छ ।
विकट भू–बनोट भएकाले पनि सामान ढुवानीमा खच्चरको प्रयोग गर्नु कर्णालीवासीको बाध्यता हो । त्यसैमा पनि निकै जोखिम मोलेर कर्णालीवासीले व्यवसाय गर्दा ऋणमाथि ऋणको भारी मात्र होइन जीवन जोखिममा राखेर हिडनु परेको छ ।
करिब १ दशक अघि ऋण गरेर जीवन रोकायाले केही खच्चर किनेका थिए । उनले एउटा खच्चरको ९० हजार देखि १ लाख रुपैया हालेर किनेका हुन ।
ऋण गरेर किनेका खच्चरहरु आईतवार विहानै अछाम दैलेख जोड्ने कर्णाली नदिको झोलुंगे पुलमा झुण्डिदा उनी निकै आत्तिएका थिए । उनको लागि खच्चर बचाउने र उद्धार गर्ने कुनै उपाय थिएन । उनलाई पुलिसमा खवर गर्ने ध्यान पनि आएन । पुलमा झुण्डियका खच्चर हेदै हातखुट्टा माडिरहेका थिए । वरपरबाट आएका मानिसहरु कोही रमिता हेरिरहेका थिए भने कोही बचाउने उपाय खोजिरहेका थिए ।
केहीले पुलिसलाई फोन गरेर खवर गरिरहेका थिए । तर पनि पुलिस समयमै पुग्न सकेन । समय निकै ढल्की सकेको थियो । करिब ७ घण्टापछि पुलमा भुण्डिएका खच्चरहरुको उद्धार कार्य सुरु भयो ।
उनका ४ बटा खच्चरको जीवितै उद्धार गरियो भने दुई बटा खच्चरको मृत्यु भयो । केही कमाउने सपना देखेका रोकायाको करिब २ लाखको क्षति भयो । जीवितै उद्धार गरिएका खच्चर पनि अशक्त छन् । उनको कमाउने सपना कमसल र कमजोर झोलुंगे पुलको निमार्णले चक्नाचुर बनायो ।
यस्तै अर्का खच्चर व्यवसायी राजेन्द्र वोहराले १४ बर्ष अघि ऋण गरेर ७ वटा खच्चर किनेका थिए । उनले पनि केही कमाउने सपना देखेका थिए । तर उनको सपनामा पनि ठेस लागेको छ । उनको झोलुंगे पुलमा झुण्डिएका ५ वटा खच्चरको जीवितै उद्धार त भयो तर बाँच्ने अवस्थाका छैनन् ।
खच्चरको जीवितै उद्धार गरिएपनि उनीहरु मरेजस्तै छन । ७ घण्टा सम्म पुलको लट्ठा चुडिएर जालीमा अट्किएका खच्चरहरु मरेतुल्य छन । उनको सपनामाथि पनि कमजोर संरचनाले तुसारापात गरेको छ । उनका २ बटा खच्चर पुल नपुग्दै फर्किएकाले सकुसल छन् ।
२०६५ सालमा निमार्ण गरिएको पुल कमजोर तरिकाले बनाएकाले लट्ठा चुडिएको दैलेख आठबीस नगरपालिका ४ का वडाअध्यक्ष टेकबहादुर माझीले बताए । उद्धारमा खटिएकाका अछाम र दैलेखका सुरक्षाकर्मीहरुले पनि एकातिर पुल कमजोर जगमा बनेको र अर्कोतिर क्षमता भन्दा बढी लोड भएर पुलको लट्ठा चुलडिएको बताएका छन् ।
आखिर जे भएपनि कर्णालीको लागि राज्य गम्भीर नहुदा अहिले पनि पसु चौपाया मात्र होइन मान्छे समेत अकालमा मरिरहेका छन ।
खच्चर व्यवसायीमाथि परेको अप्ठ्यारोप्रति राज्य गम्भीर बन्नैपर्छ । झोलुंगे पुलको लट्ठा चुडिदा खच्चर व्यवसायका चक्नाचुर भएका सपना राज्यले पूरा गरोस् ।
प्रतिक्रिया दिनुहोस्