२२ भाद्र २०८१, शनिबार

कम्युनिष्टहरुले श्रम गरेर बाँच्नु पर्छ : सुशिल सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले कम्युनिष्टहरुले श्रम गरेर बाँच्नु पर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले बाँकेको खजुरामा विहिवार धान रोपाई गरिरहेको बेला जनपत्रिकासंग संक्षिप्त प्रतिक्रिया दिदै स्थायी समिति सदस्य सुशिलले कम्युुिनष्टहरु श्रम गरेर बाँच्नु पर्ने बताएका हुन् ।
उनले भने ‘हामी कम्युनिष्टहरु श्रम गरेर बाँच्नु पर्छ, यो हाम्रो पार्टीबाट सुरु गरेका छौँ । नेपालका कम्युनिष्टहरु श्रममा नजोडिएकाले नै विग्रिएका हुन । आज ठुला –ठुला भ्रष्टाचारका काण्डमा कम्युनिष्ट नेताहरु जोडिएका छन् ।’
नेता सुशिलले एकीकृत स्वामित्व अन्तरगत पार्टीले देशैभरी धान रोपिरहेको जिकिर गरे । उनले विगतमा कम्युनिष्टहरुले अभ्यास गरेको सामुहिक स्वामित्व र निजी स्वामित्व दुबै असफल भएको भन्दै नयाँ एकीकृत स्वामित्वमा नेकपाले उत्पादन गरिरहेको बताए ।
‘एकीकृत स्वामित्व भनेको सामुहिक र निजी दुबै जोडिएको स्वामित्व हो, यसले समाजवादी व्यवस्थालाई स्थापना गर्न र टिकाउन भूमिका खेल्छ’ उनले भने, ‘समाजवादी व्यवस्थाका लागि पार्टी उत्पादनमा जोडिएको छ, राजनीतिक र आर्थिक क्रान्तिसंग संगै लिनु पर्छ । यो एक अर्कामा परिपुरक छ ।’
नेता सुशिलले नेपालमा राजनीतिक क्रान्ति नसकिएको र मुलतः यसलाई जोड दिदै समाजवादी मोडल स्थापनाको लागि आर्थिक क्रान्ति गर्नु पर्नेमा जोड दिए । उनले नेकपा समाजवादी व्यवस्थाको आर्थिक मोडल तयारका लागि पनि उत्पादनमा लागेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।