२३ भाद्र २०८१, आईतवार

बाँकेमा धान रोपाईमा सहभागीहरुको प्रतिक्रिया ‘उत्पादनभित्र समाजवादी क्रान्ति गरिरहेका छौँ’

0

नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बाँकेको खजुरामा धान रोपाईको सुरुवात गर्यो । करिब ६ विगाह क्षेत्रफलको खेतमा धान रोपाईको सुरुवात गरेको हो । पार्टीका प्रवक्ता प्रकाण्ड सी धान रोपाईको पहिलो दिनमा सहभागी भए । पार्टीका प्रवक्तासंगै धान रोपाईमा सहभागी स्थायी समितिका सदस्य, सुशिल सी, पिविएमहरु आधार सी र रक्तिम सी, केन्द्रीय सदस्यहरु तथा जिल्ला तहका नेता कार्यकर्ता एवम जनताको उत्साहजनक सहभागिता थियो । रोपाईमा सहभागी अधिकांश नेता तथा कार्यकर्ताहरुले धान रोपाई ऐतिहासिक भएको बताए । उनीहरुले धान रोपाई मात्र नभई समाजवादी क्रान्ति गरेको पनि जनपत्रिकालाई प्रतिक्रिया दिए । उनीहरुले व्यक्त गरेका प्रतिक्रियाहरु जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ ।

* समाजवाद भित्र जीवन हुनुपर्छ : आधार सी, पिविएम नेकपा

अहिले एकीकृत स्वामित्व प्रणाली सहि छ । व्यक्तिगत स्वामित्व र सामुहिक स्वामित्व दुबै फेल भए । त्यसको ठाउँमा नयाँ खोज गरेर नेकपाले एकीकृत स्वामित्व ल्याएको हो । यो दुवै स्वामित्वलाई जोड्ने प्रणाली हो । अन्ततः सामुहिकतातिर जाने हो । हामी त्यही नीति अनुसार देशैभरी सामुहिक उत्पादनमा लागेका छौ । बाँकेमा पनि करिब ६ विगाह जमिनमा उत्पादन गर्दैछौ । यसमा धान रोपाईमा छौँ ।
आज श्रम र सत्ता बिच अन्तरविरोध छ । निगम पुँजीवाद हाबी छ । पैसा प्रयोग गरेर पैसा तान्ने खेल छ । यसले श्रमजीवी वर्गको हित गर्दैन । भ्रष्टाचार रोक्न सक्दैन । देशमा गरिबी रोक्न सक्दैन । यो दलाल पुँजीवाद हो । यसको विकल्प वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवाद आवश्यक छ । त्यो दिशामा देश जानैपर्छ । त्यसका लागि उत्पादन मुख्य कुरा हो । श्रम र मेसिन जोडनु पर्छ । श्रम र स्वामित्वमा अन्तर विरोध छ । यी तमाम समस्याहरु हल गर्न समाजवाद चाहिन्छ ।
हामीले गर्ने उत्पादन तीन प्रकारले बाँडिन्छ । एउटा बचत भकारी हुन्छ, एउटा सामुहिक वा संस्थागत हुन्छ र अर्को व्यक्तिगत पनि हुन्छ । यो नयाँ मोडल हो । श्रम बेच्ने होईन सिप बेच्नु पर्छ । यो समाजवादी सभ्यता हो । समाजवाद भित्र जीवन हुनुपर्छ । अहिलेको व्यवस्था र सत्तामा जीवन होईन मृत्यु छ ।

* विदेशी आयत निरुत्साहित गर्न उत्पादनमा छौँ : रक्तिम सी, पिविएम नेकपा

यो रोपाई केन्द्र, कर्णाली प्रदेश र बाँके जिल्लाको संयुक्त हो । यो करिब ६ विगाह जमिन छ । यसमा एकीकृत स्वामित्वको प्रणाली अनुसार उत्पादनमा छौ । आजबाट रोपाई सुरु भयो । पार्टीका प्रवक्ता समेतको सहभागिता छ । यो निकै उत्साहको दिन पनि हो । विदेशी आयतलाई निरुत्साहित गर्न पनि नेकपा उत्पादनमा छ । नेता देखि कार्यकर्ताहरु उत्पादनमा छौँ ।
यो समाजवादी अभ्यास पनि हो । यसलाई नेपालका दलालहरुले सहयोग गरेका छैनन् । उनीहरु नेकपाको उत्पादनबाट आत्तिएका छन । किनकी उनीहरु समाजवाद चाहादैनन् । दलाल संसदीय पुँजीवादी व्यवस्था मात्र चाहान्छन । यसमा भ्रष्टाचार गर्न पाईन्छ । समाजवादमा पाईदैन । उत्पादनको कामलाई सबै पार्टीका नेताहरुले सिक्नुपर्छ ।

* अरु सत्ता र कुर्सीका लागि मरिहत्ते गर्छन् तर हाम्रा नेता उत्पादनमा छन् : कल्पना सी, बाँके डिसीएस, नेकपा

अरु सत्ता र कुर्सीका लागि मरिहत्य गरिरहेका छन् । यो सहि कुरा भएन । जनतासंग नेताहरु जोडिएनन् श्रमसंग जोडिएनन् । यसले देश गरीब भयो । त्यसलाई तोड्न हाम्रो पार्टी चाहन्छ । त्यसो भएर पनि हाम्रा नेताहरु उत्पादनमा व्यस्त छन । प्रवक्ता स्वयम धान रोप्न आउनु भएको छ । उहाँसंगैै हामी धान रोपिरहेका छौ । यो निकै खुसीको कुरा हो । अरु संसदवादीहरु सत्ता,कुर्सी र भत्तामा केन्द्रीत छन् । त्यतिमात्र होइन अर्बौको भ्रष्टाचारमा मुछिएका छन् ।
हामी महिला, दलित, जनजाति तथा उत्पीडित क्षेत्र जातिको आधिकार सहितको व्यवस्था चाहन्छौँ । त्यो वैज्ञानिक समाजवादबाट मात्र सम्भव छ । त्यो श्रम र उत्पादनसंग जोडिएर मात्र सम्भव छ । यो मान्यताले हामी उत्पादनमा छौँ । हामी समाजवादी राजनीतिक क्रान्ति उत्पादन क्रान्तिसंगै लिन चाहन्छौँ । यो अहिलेको आवश्यकता हो । सिंगो देश, जनता, पार्टी नेता कार्यकर्तालाई उत्पादन क्रान्तिमा जोडेर आत्मनिर्भर बनाउन चाहन्छौँ । यसले मात्र देश स्वाधीन हुनसक्छ ।

* धान रोपाई पनि एकीकृत जनक्रान्ति हो : छाँया सी, डिसिएम, कालिकोट

धान रोपाईको काम पनि एकीकृत जनक्रान्ति हो । यो धान रोपाई मात्र होइन एकीकृत जनक्रान्ति गरिहेका छौँ । हामीले वैज्ञानिक समाजवाद ल्याउनका लागि गरिरहेका छौँ । हामी सबै उत्पादनमा जोडिएर समाजवादी क्रान्ति गर्नु पर्छ भन्ने मान्यतामा छौँ । श्रम र उत्पादनले मात्र भ्रष्टाचार रोक्न सक्छ । वैदेशिक हस्तक्षेप रोक्न सक्छ । देशलाई समृद्ध बनाउन सक्छ ।
हामीले कालिकोटको भात्तडीमा पनि धेरै धान भर्खरै रोपेर आयौं । बाँकेमा पनि रोप्न आएका छौ । यो गर्भको कुरा हो । हामी प्रवक्ताको उपस्थितिमै उत्पादनमा अथवा धान रोप्न पाउदा निकै खुसी छौँ । यो सबै नेताहरुले सिक्नु पर्छ । उत्पादन विना समाजवाद आउन पनि गाह्रो हुन्छ भने आएपछि पनि टिकाउन कठिन हुन्छ । श्रमप्रति प्रेम गर्नुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।