२३ भाद्र २०८१, आईतवार

मधेस प्रदेशका सबै जिल्लाहरुमा नेकपाले दियो राजनीतिक तथा सांगठानिक गतिविधिमा तिब्रता

0

नेपाल कम्युनिस्ट पार्टी मधेस प्रदेशले आफ्नो सांगठनिक गतिविधिलाई तिब्रता दिइरहेको छ।  प्रदेश अन्तरगतका सबै जिल्लाहरुमा आफ्ना राजनीतिक तथा सांगठनिक प्रचारका कार्यहरुलाई तिब्रता दिएको हो। 

नेकपा मधेस प्रदेशको प्रथम बैठक सम्पन्न भएको एक महिना पुग्दा – नपुग्दै जेठ ३० गते दोश्रो  बैठक सम्पन्न गरेको छ। महोत्तरीको सदमुकाम बर्दिवासमा रहेको प्रदेश कार्यालयमा सम्पन्न भएको बैठकले जेष्ठ  ३२ गते मधेसका सबै जिल्लामा एकसाथ वालिङ गर्ने, असार १० गतेभित्र सबै जिल्लामा मिटर ब्याज र सुकुम्बासीका समस्यालाई लिएर विरोध प्रदर्शन गर्ने, भ्रष्ट्राचार विरुद्ध खबरदारी गर्नेलगायतका निर्णय गरेको थियो ।

जस अनुसार धनुषाको महेन्द्रनगर, ढल्केवर, सर्लाहीको लालबन्दी, सिरहाको भगवानपुर-खाडी- लाहान सडक खण्ड पर्सा जिल्लाका विरगञ्ज महानगर, पोखरिया नगरपालिका  कालिका गाउँपालिका, धोवनी गाउँपालिका, पर्सागढी नगरपालिका, बौद्धमाई नगरपालिका लगायतका स्थानमा वालिङ गर्ने कार्यलाई तिब्र पारेको नेकपा मधेस प्रदेशले जनाएको छ । अहिले मधेस प्रदेशका सबै सार्वजनिक स्थानहरु नेकपाका विभिन्न नारा अंकित वाल पेन्टीङ्गले रंगिएका छन् ।   

नेकपाका स्थायी समिति सदस्य तथा मधेस  प्रदेश इञ्चार्ज अनिल सीका अनुसार असार ५ गते सहिद कुमार पौडेलको स्मृति सभाको तयारी तिब्र परिएको र असार ५ गते नै अखिल नेपाल जनसांस्कृतिक महासंघ र अखिल नेपाल क्रान्तिकारी महिला संगठनको प्रदेश स्तरिय भेलाको तयारी भैरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।