३१ भाद्र २०८१, सोमबार

बेपत्ता योद्धा परिवार समाजले ‘बेपत्ता नागरिकको सार्वजनिकरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया गर्दै

0

काठमाडौँ – बेपत्ता योद्धा परिवार समाज नेपाल, विपिन भण्डारी फाउण्डेसनले ‘बेपत्ता नागरिकको सार्वजनिकरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया गर्ने भएको छ। सोमबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा बेपत्ता योद्धा विपिन भण्डारी, दिल बहादुर राई, रामहरी रूपाखेती, देवराज पौडेल र कृष्ण बहादुर बस्नेतको स्मरण तथा सम्मान कार्यक्रमको सन्दर्भपारी ‘बेपत्ता नागरिकको सार्वजनिकरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया गर्ने भएको हो ।

बेपत्ता योद्धा परिवार समाज नेपाल, विपिन भण्डारी फाउण्डेसनले जनयुद्ध स्थगन गरि शान्ति प्रक्रियामा आएको यतिका बर्ष बितिसक्दा पनि बेपत्ताहरुको सार्वजनिकरण नगरिनु दुःखद भएको बताउँदै राज्यको सम्बन्धित निकाहरूको ध्यान आकर्षण गराउन र शान्ति प्रक्रिया टुंगोमा पुर्याउनेमा सरोकारवालाहरुको धारणा बुझ्नका लागि सोही सन्दर्व पारेर अन्तरक्रिया राखिएको जनाएको छ।

फाउण्डेसनका अनुसार बिहान ११ बजेबाट सुरुहुने अन्तरक्रिया कार्यक्रममा बिभिन्न बुद्धिजीबी, सरोकरवालाई निकाय र बेपत्ता परिवारका आफन्त लगायत उल्लेख्य मात्रामा जनसहभागिता रहने छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।