५ आश्विन २०८१, शनिबार

नेपालमा विप्लवको विकल्प नरहेको भन्दै घोराहीका विजयले गरे नेकपा प्रवेश

0

दाङ । नेपालमा अब नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व विप्लवको विकल्प नभएको भन्दै घोराहीका विजय विकले नेकपामा प्रवेश गरेका छन् ।
मंगलबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं. निर्वाचन क्षेत्रका इन्चार्ज पाटन सी सहित नेताहरुसंग छलफल पश्चात् उनले पार्टीमा जोडिएर काम गर्ने प्रतिबद्धता गरेका हुन् ।

घोराही उपमहानगरपालिका -९ मा बस्ने विकले अब पार्टीमा सबै जोडिएर देशमा देखिएको अस्थिरता, अराजकताको अन्त्य गर्नुपर्ने बताए ।

नेपालमा संसदीय व्यवस्थाको उत्तम विकल्प विप्लवले अघि सारेको नेपाली विशेषताको समाजवादले हल गर्नुपर्ने समेत वताएका थिए ।

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि आफ्नो क्षेत्रबाट आफू सक्रिय ढंगले पार्टीले दिएको जिम्मेवारी कुशलतापुर्वक पूरा गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।