२२ भाद्र २०८१, शनिबार

कालिकोट काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन, अध्यक्षमा हेमन्त सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको कालिकोट–काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन भएको छ । बिहीबार काठमाडौंमा आयोजित मञ्चको पहिलो भेलाले रुपसिंह बोहोरा (हेमन्त सी) को अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नेकपाकी केन्द्रीय सदस्य भृकुटी सीको अध्यक्षतमा सम्पन्न भेलामा नेकपा स्थायी समिति सदस्य अनिल सीको प्रमुख अतिथ्यता रहेको थियो भने स्थायी समिति सदस्य भरत सी, सुशील सी, पोलिट ब्युरो सदस्य नविन सी, केन्द्रीय सदस्यहरु राजकुमारी सी, नरेन्द्र सी, धर्म सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । भेलाको संचालन नेकपा केन्द्रीय सदस्य सागर सीले गरेका थिए भने पोलिट व्युरो सदस्य नविनले प्यानल प्रस्ताव पेश गरेका थिए ।

भेलाले बिनित सी, गोबिन्द विक, पासाङ सी, प्रेम सी, सेरवबहादुर सी, अक्कल सी, दान बहादुर सी, ललित सी, तिलम सी, गणेश सी, चतुरे सी, निराजन सी, राजन सी, नेकेन्द्र सी, मङ्गला सी, मनिस सी, उर्मिला सी, जीवन सी, कल्पना सी, जनक सी लगायत ५१ जनालाई निर्वाचित गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।