३१ भाद्र २०८१, सोमबार

सुदुरपश्चिम काठमाडौँ समाजवादी सम्पर्क मञ्चद्वारा २१ सदस्यीय समिति चयन

0

काठमाडौँ/ सुदुरपश्चिम काठमाडौँ समाजवादी सम्पर्क मञ्चद्वारा २१ सदस्यीय समिति चयन गर्दै भेला सम्पन्न गरेको छ ।सोमबार काठमाडौंमा सम्पन्न सम्पर्क मञ्चको भेलाले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा समिति चयन गरेको हो।
विभिन्न पेशा, जागीर र पठनपाठनको सिलसिलामा सुदुरपश्चिम स्थायी बसोबास भई काठमाडौ कर्मथलो बनाएका सुदुरपश्चिमेलीहरुका साझा समस्यालाई सम्बोधन गर्ने उदेश्यले बनाइएको सम्पर्क मञ्चले छिट्टै जिल्ला स्तरको संरचना बनाउन जिल्ला संयोजक तोक्दै कार्यक्रम अगाडि बढाउने प्रस्ताव समेत पारित गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम इन्चार्ज भरत सी (रणवीर)ले सुदुरपश्चिम लगायत देशभरका नागरिकका शिक्षा, स्वास्थ, रोजगार र रास्ट्रीय स्वाधीनता सम्बन्धि समस्याहरू गणतन्त्र आएर पनि सम्बोधन हुन नसकेको भन्दै पुँजीवाद व्यक्ति केन्द्रित व्यवस्था भएकोले मान्छे केन्द्रित र समाज केन्द्रित व्यवस्था जरुरी रहेको बताए ।

थोरै मान्छेको हातमा अथाह सम्पत्ति केन्द्रीकरण गरिरहेको पुँजीवादी व्यवस्थाले विद्यमान समस्या समाधान गर्न नसक्ने भएकोले समाजवाद संकट समाधानको विकल्प भएको नेता रणबीरको भनाई थियो ।

सम्पर्क मञ्चको भेलामा शुभकामना व्यक्त गर्दै नेकपा केन्द्रिय सदस्य एवम् अछाम इन्चार्ज मिना सी सरिताले बाकाबीर, भीमदत्त पन्त जस्ता योद्धाको बिद्रोह र बलिदानको पहिचान बनाएको सुदुरपश्चिम प्रदेशअझै क्षेत्रीय उत्पीडनमा परेकोले यसबाट मुक्त हुन सुदुरपश्चिमबासीहरु साझा मुद्दामा एक हुने बेला आएको बताइन् ।

त्यस्तै कार्यक्रममा कर्मचारी संगठनका पूर्वअध्यक्ष गोपाल सिंह धामीले नेपालका हरेक आन्दोलन र परिवर्तनमा सुदुरपश्चिमको विशेष योगदान रहेको स्मरण गर्दै अब नेपाली विशेषताको समाजवादद्वारा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा नेताहरू समर, सम्पर्क मञ्चका रत्न मगर, अखिल समाजवादीका उपाध्यक्ष ललित सी,नवयात्रा सहकारीका अध्यक्ष हर्क बहादुर विश्वकर्मा,महिला नेतृ बिपना, ममता सुर्खेती लगायतको सहभागिता रहेको थियो।त्यस्तै युवा कलाकारहरु मनोज धामी, सरोज जप्रेल, दिलिप दास र बिनय रावलले गजल, कविता, गित र देउडामार्फत कार्यक्रममा मनोरञ्जनसहित सन्देश सम्प्रेषण गरेका थिए।

शेरबहादुर विश्वकर्माको अध्यक्षतामा भएको भेलामा तारा सञ्ज्यालले मन्तव्यद्वारा स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन प्रकाश जप्रेलले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।