३१ भाद्र २०८१, सोमबार

बाकाबीर, भीमदत्त र दशरथ चन्दले केन्द्रिय सत्ता विरुद्ध विद्रोह गरेका थिए

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी रणवीरले नेपालको केन्द्रिय सत्ताले सुदुरपश्चिममाथी लादेको उत्पीडन विरुद्ध अछामका बाकाबीर,डडेल्धुराका भिमदत्त पन्त र बैतडीका दशरथ चन्दले ऐतिहासिक विद्रोह गरेको टिप्पणी गरेका छन् ।सोमबार सुदुरपश्चिम काठमाडौँ समाजवादी सम्पर्क मञ्चद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा नेता रणबीरले बिगतदेखी नै क्षेत्रीय उत्पीडनमा परेको सुदुरपश्चिम क्षेत्र र त्यहाँका जनताका मुद्दाहरु राज्यले सम्बोधन गर्न नसकेको बताए।

बिगतमा पनि केन्द्रिय सामन्ती सत्ताले एकीकरणको नाममा स्थानीय भाषा, संस्कृतिर जनअधिकार समेत मास्न खोजियो त्यस विरुद्ध बाकाबीर, भिमदत्त र दशरथ जस्ता व्यक्तिहरूले बिद्रोह गरे,पछिल्लो जनयुद्धमा समेत सुदुरपश्चिमबाट हजारौं मानिसहरूले बलिदान गरेका छन, ” सम्बोधनको क्रममा नेता रणबीरले भने-“तर सुदुरपश्चिमका जनतामाथी अहिले पनि राज्यले असमान व्यवहार र भेदभाव गरिरहेको छ,यद्यपि राज्यको केन्द्रिय तहमा समेत त्यहाँबाट केही व्यक्तिहरु पिगेका छन, तर पनि सुदुरपध्चिममाथीको उत्पीडन अन्त्य भएको छैन ।”

सम्बोधनको क्रममा नेता रणवीरले सुदुरपश्चिममा कला, साहित्य, भाषा, आर्थिक राजनीतिक अवस्था लगायत सबै क्षेत्रमा गणतन्त्र आइसकेपछि समेत नागरिकहरुले अधिकारको प्रत्याभूत गर्न नपाएको समेत चर्चा गरे ।

नेपालमा अहिले पनि समृद्धि, स्थायित्व र सामाजिक न्यायको मुद्दा सम्बोधन हुन नसकेको, देश थप आर्थिक राजनीतिक अनिश्चिततातर्फ धकेलिन खोजेको एवम् भुू-राजनीति चुनौती समेत मडारिएको सन्दर्भ कोट्याउदै रणवीरले अब नेपाली विशेषताको समाजवाद देशको अपरिहार्य विकल्प भएको बताए ।

नेपाली विशेषताको समाजवादका लागि आफुहरुले चार मित्र शक्ति(कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतन्त्रवादी),चार मित्र वर्ग(मजदुर किसान, मध्यम वर्ग, राष्ट्रिय  पुजीपती वर्ग) र ६ समुदाय (खसआर्य, जनजाती, दलित समुदाय, मुस्लिम, मधेसी र महिला) को एकीकृत पहलकदमीको अवधारणा अगाडि सारेको र यस आधारमा नै नेपाली विशेषताको समाजवाद खडा हुने उनको भनाई थियो ।

मुलुकको समग्र अवस्थाको तुलनामा शिक्षा, स्वास्थ, रोजगार, प्रतिव्यक्ति आय, सरदर आयु, मातृ तथा शिशु मृत्युुदर लगायत मानव विकास सूचकांकका हिसाबले सुदुरपश्चिम प्रदेश अझै पछाडि देखिन्छ भने त्यहाँको मानिसहरूको आर्थिक जीवन छिमेकी भारतसङ्ग प्रत्यक्ष रूपमा जोडिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।