३१ भाद्र २०८१, सोमबार

दाङमा भोलिदेखि विप्लवको कम्युनिस्ट स्कुल सञ्चालन हुँदै, माध्यामिक तहको स्कुल ५ दिन चल्ने

0

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङमा ५ दिने कम्युनिस्ट स्कुल सञ्चालन गर्ने भएको छ ।
दाङको दंगिशरण गाउँपालिकामा भोलिदेखि सञ्चालन हुने कम्युनिस्ट स्कुलिङ कार्यक्रमको तयारी पूरा भएको नेकपा दाङका सेक्रेटरी तिलक सीले जानकारी दिए ।

सेक्रेटरी तिलक सीका अनुसार स्कुलिङमा साविक राप्ती क्षेत्रका करिब ६० जना नेताकार्यकर्ताको सहभागिता रहनेछ ।

कम्युनिस्ट स्कुलिङमा विचार, राजनीति, दर्शन एवम पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिका बारेमा प्रशिक्षणमुलक रहने जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी, केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज सीसहितका नेताहरुको उपस्थितिमा कम्युनिस्ट स्कुल सञ्चालन हुने जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश राप्ती क्षेत्रको आयोजनामा माध्यामिक तहको कम्युनिस्ट स्कुलिङ भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिनसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।