काठमाडौँ/ जनपत्रकार संगठन नेपालले संगठनका सचिवालय सदस्य, वरिष्ठ पत्रकार एवम् उत्थान साप्ताहिक पत्रिकाका सम्पादक सुदर्शनराज पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै उहाँको सपना साकार पार्ने प्रतिबद्धता गरेको छ । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित शोक वक्तव्यमार्फत पाण्डेले जनपक्षीय पत्रकारिता आन्दोलनमा पुर्याएको योगदानको उच्च सम्मानसहित उहाँका अधुरा कामलाई पूरा गर्न अगाडि बढ्ने बताइएको हो ।
अग्रज पत्रकार पाण्डेको निधनप्रति श्रद्धाञ्जली र परिवारहरुमा समवेदना व्यक्त गर्न शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “उहाँको निधनले हाम्रो संगठन र समग्र जनपक्षीय पत्रकारिता आन्दोलनमा समेत गम्भीर क्षति पुगेको महसुस गर्दै सर्वप्रथम वरिष्ठ पत्रकार पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै दु:खको यो समयमा उहाँको परिवारजन, आफन्तहरुमा धैर्यधारणको कामनासहित गहिरो समवेदना प्रकट गर्दछौं ।”
त्यस्तै शोक वक्तव्यमा”पत्रकार सुदर्शनराज पाण्डे बैचारिक हिसाबले बामपंथी, कम्युनिस्ट र प्रगतिशील बिचारधाराबाट प्रभावित र प्रेरित हुनुहुन्थ्यो ।तर पेशागत मर्यादा एवम् दृढता ,सबै बिचार र आस्थाप्रतिको सम्मानभाव, निस्वार्थपन र सरल जीवनपद्धति उहाँका स्वभावगत विशेषता हुन् भन्दै पाण्डेले आत्मसात गरेको न्याय र परिवर्तनको बाटो, सपना र असल कर्मका शिक्षाहरु भने जीवित छन् , ती कहिल्यै मर्ने छैनन् ।हामी र हाम्रो पुस्ताको पत्रकारिता आन्दोलनले उहाँलाइ स्मरण गरिरहनेछ ।यस सन्दर्भमा हामी उहाँको बिचार र योगदानप्रति उच्च सम्मान गर्दै अगाडि बढ्ने प्रण गर्दछौं भनेर संगठने प्रतिबद्धता समेत जनाएको छ।
यस्तो छ शोक वक्तव्यको पूर्ण पाठ: