३ आश्विन २०८१, बिहीबार

वरिष्ठ पत्रकार सुदर्शनको निधनप्रति नेकपा महासचिव विप्लव र मधेश प्रदेशद्वारा दुःख व्यक्त

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले महान जनयुद्धका सहिद सिजनराज पाण्डेका बुवा, वरिष्ठ पत्रकार एवम उत्थान साप्ताहिक पत्रिकाका सम्पादक तथा नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्ला समिति सदस्य सुदर्शनराज पाण्डेको निधनप्रति दु:ख व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लव सीले आज शाेक वक्तव्य जारी गरि महान जनयुद्धका सहिद सिजनराज पाण्डेका बुवा, वरिष्ठ पत्रकार एवम उत्थान साप्ताहिक पत्रिकाका सम्पादक तथा नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्ला समिति सदस्य सुदर्शनराज पाण्डेको असामयिक निधनले दुःखी बनाएको भन्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै महान जनयुद्ध, एकीकृत जनक्रान्ति तथा जनपक्षीय पत्रकारितामा उहाँले पु¥याएको योगदानको सम्मान गर्दै यस दुखद घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी, मद्येश प्रदेश समितिले वरिष्ठ पत्रकार तथा नेकपा मधेस प्रदेश अन्तर्गत पर्सा जिल्ला समिति सदस्य सुदर्शनराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ । नेकपा मधेस प्रदेश इन्चार्ज अनिल सीले शुक्रबार शोक वक्तव्य जारी गर्दै उहाँको निधनले पार्टीलाई दुःखी बनाएको उल्लेख गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।