१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी उदयपुरको विशेष बैठक सम्पन्न

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उदयपुरको विशेष बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर, ओखलढुंगा जिल्ला इन्चार्ज विवेक कुमालको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलको अध्यक्षतामा बसेको बैठकले भाद्र १९ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

बैठकको शुरुमा महान सहिदहरु तथा बेपत्ता योद्धाहरुप्रति एक मिनेट श्रद्धाञ्जली अर्पण गर्दै बैठकको शुरूवात गरेको थियो ।
उक्त बैठकमा उपस्थित सम्पूर्ण सबैले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गरेका थिए ।

उक्त बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रिय सदस्य विवेक कुमालले बैठकमा उठेको प्रश्नहरुको जवाफ दिदै राज्यले नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति कार्यन्वयन नगरे आफ्नो पार्टी र नेताहरु विरुद्ध षड्यन्त्र जारी राखे प्रतिरोध गर्ने बताए ।

यो दलाल राज्यसत्ताले अमेरिकी साम्राज्यवादको निर्देशनमा आफ्नो पार्टीको नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको भन्दै आपत्ति जनाए ।
उनले राज्यलाई पक्राउ पुर्जी खारेज गर्न, बन्दीहरुलाई रिहाई गर्न, नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न राज्यलाई दबाब दिन आफुहरु जतिसुकै बेला पनि तयारी अवस्थामा रहनको लागि नेताकार्यकर्तालाई निर्देशन गरेका थिए ।

त्यस्तै बैठकले नवौं महाधिवेशनको तयारीको केन्द्रित गर्दै जिल्ला पार्टीपंक्तिलाई आफ्नो गाउँपालिका, नगरपालिका, वडामा डटेर लाग्न निर्देशन गरेका छन् ।

बैठकमा २०८७ श्रावणदेखि २०७९ श्रावणसम्मको आर्थिक आय व्यय प्रस्तुत पनि गरिएको थियो ।
बैठक पार्टी जिल्ला सेक्रेटरी लक्ष्मणको अध्यक्षतामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।