मकवानपुर । अखिल (समाजवादी) नारायणी-मधेस प्रदेश समितिले सङ्गठनको केन्द्रिय सचिवालय सदस्य सुर्य सी र केन्द्रिय सदस्य दिलमाया सीको भाउजुको निधनमा घरमै पुगेर शोकसभा गरेको छ ।
अखिल (समाजवादी) का केन्द्रीय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सी, केन्द्रिय सचिवालय सदस्य विवेक सी, वडा अध्यक्ष राजकुमार पाख्रिन, नेकपा एमालेको जिल्ला सदस्य बिरेन्द्र डिसीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित आज शुक्रबार घरमा नै पुगेर समवेदना पत्र दिएका छन् ।
उहाँको मिति २०८१ कात्तिक ३ गते थाइराइड क्यान्सरको कारण निधन भएको हो ।
अखिल (समाजवादी) का केन्द्रिय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सीद्वारा हस्ताक्षर गरिएको समवेदना पत्रमा भनिएको छ”अखिल (समाजवादी) को केन्द्रिय सचिवालय सदस्य कमरेड सुर्य सी र दिलमाया सीकी भाउजू तथा उहाँहरुको काइला दाई गोपाल गोलेको श्रीमती मनहरी गाउँपालिका वडा नं. २ ठाडोखोला निवासी सानुमाया थिङज्यूको २६ वर्षको उमेरमा मिति २०८१/०७/३ गते असामयिक निधनले हाम्रो सङ्गठनलाई गहिरो पीडा र शोकमा डुबाएको छ । उहाँले दुई वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आउनु भएको थियो । उहाँले जीवनभर आफ्नो परिवार, समाज, र हाम्रो सङ्गठनलाई नजिकबाट साथ र सल्लाह दिनु भयो । उहाँको त्याग, सेवा र समर्पण हाम्रो लागि सधैं प्रेरणादायी रहनेछ । एक आदर्श व्यक्तित्वको रूपमा उहाँले आफ्नो परिवार र समाजमा पुर्याउनु भएको योगदान अमूल्य छ, जसको हामी उच्च सम्मान गर्दछौं ।
हामी मृतक सानुमाया थिङज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । यस कठिन घडीमा हामी सम्पूर्ण परिवारसँग हार्दिक सहानुभूति प्रकट गर्दछौं ।”
शोकसभामा बुद्धिमान वाइबाको पहलमा तामाङ सोसाइटी अफ टेक्सासले मृतकको परिवारलाई सहयोग स्वरुप एक लाख नब्बे हजार रुपैयाँ हस्तान्तरण समेत गरेको छ ।
शोक सभामा मन्तव्य मन्तव्य केन्द्रिय सचिव अटल सी, वडा अध्यक्ष राजकुमार पाख्रिन, नेपाली काङ्ग्रेसका नेता प्रेम गोङ्ग्वाले गरेका थिए भने संचालन अखिल (समाजवादी) का मकवानपुर जिल्ला अध्यक्ष सुवास सीले गरेका थिए ।





