६ मंसिर २०८१, बिहीबार

गरीबको धनबहादुर नाम नराख भनेको थिएँ – भरत पुलामी मगर

0

म धर्मेन्द्र वास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) को सर्लाही जिल्ला सचिव थिएँ । जरा कमजोर भएपछि रुखको हाँगा लच्किन्छ भन्छन् । जरा खुम्चिने हाँगा लच्किने भयो । पार्टी झन्झन् छिन्नभिन्न भएर गयो । त्यो पार्टी मन परेन; विचार नै मन परेन । विचार मन परेन । छोडेको पार्टीको धेरै कुरा गर्नु भन्दा यताको राम्रो लागेर यतै काम गरौँ भन्ने लागेको हो ।
हामी भ¥याङ भयौँ । माथिल्लो तलामा चढेपछि भ¥याङ लात्तिले हानेर फालीदिए । मलाई जिम्मेवारी दिए । तर खुट्टा तान्न थाले । आर्थिक र व्यवस्थापनको योजना थिएन । आत्मनिर्भर हुनुपर्छ भन्दै आएँ । हान्ने र ठोक्ने कुराबाहेक अरु केही थिएन । मैले विदामा बस्छु । उत्पादन गर्छु भनेको थिएँ । पार्टी छोडनु भएन; बरु विदामा बस भनेका थिए । धन नहुनेको धनबहादुर नाम नराख भन्ने मेरो भनाई थियो । तर त्यही भयो ।
िसिरहा, गोलबजारको मेयर……….. साहलाई कालोमोसो दल्ने कार्यको नेतृत्व मैले नै गरेको थिएँ । म मर्दा जनताले ‘खराब थियो ठिक्क भयो’ भन्ने हुनु भएन । विचार र व्यवहार राम्रो हुनुपर्यो । त्यहाँ त्यसो भएन । त्यसैले पुरानै घरमा फक्र्यौ । त्यहाँ जिल्लाको बैठक छैन । कुनै गतिविधि छैन मैले पार्टी फुट्ने बेलामा माथिको कुरा सुन्न पाइन । बिचका मान्छेका कुरा सुनियो । भ्रममा प¥यो । आज स्पष्ट भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।