विनाेद उपाध्याय
नेपालमा बाहिरबाट आएका फिरंगीहरु नेपाली भेषमा आफ्नै देशको नागरिकलाई गुलाम बनाइ शासन गरेको छरपष्टै देख्न सकिन्छ । नेपालका वास्तविक नागरिकहरु कहिल्यै पनि शासन गर्न पाएनन् यो देशमा नगरिकको इतिहास हेर्दा स्वाभिमान र राष्ट्रिय हितमा थुप्रै महान योद्धाहरु संघर्ष गरेको इतिहास भएपनि शासकहरु जहिले पनि विदेशीको अगाडि लम्पसार पर्दै आएको इतिहास साछी छ । राणाहरु होउन् या राजा महाराजाहरु महेन्द्र बाहेकका कोही पनि यस मामलामा इमान्दार रहेनन् ।
पछिपछि पृथ्वी नारायण शाहले यहाँ रहेका थुप्रै राष्ट्र र राष्ट्रियतालाई समाप्त पारी भौगोलिक एकीकरण गरे पनि यसलाई राज्य विस्तारको रुपमा बुझ्दा अन्यथा भन्न मिल्दैन । भाषा, संस्कार, संस्कृति भेषभुषा, रहन सहन समेतमाथि हस्तक्षेप गर्दै एक भाषा एक देशको नारा लगाइ खस भाषा जबरजस्ती लागु गरेका हुन् तबदेखि नेपालमा खस भाषीहरुको वर्चस्वको उदय भएको पाइन्छ तर महेन्द्रकै पालादेखि नागरिकको माइग्रेट अर्थात बसाइसराइको कानुन बनाइ मधेशतिर थुप्रै बसाइसराई गरि खस भाषीहरु तल झर्दै आए मधेशी समुदाय भारततिर सर्दै गएका छन् । आफ्नै राष्ट्रभित्र गैरनागरिकको व्यवहार हुँदा र प्रतिरोध गर्न नसक्दा विस्थापित हुन विवश मधेशीहरु राजनैतिक, आर्थिक, भाषिक रुपमा प्रताडित रहेको प्रत्येक मधेशीहरु अनुभूत गर्दै आएका छन् । त्यसपछि उसले हृदयभित्रैबाट स्वयम नेपाली हुम् भनि अनुभूत गर्न वातावरण बन्न सकिरहेको छैन । यता भारतिय शासकहरु नेपालका सरकार, सताबाट विभिन्न नदीनालाबारे असमान सन्धिहरु गर्दै जाँदा कहिले कोशी कहिले महाकाली त कहिले गण्डक जो नेपाली जलश्रोतको आधार हो त्यसलाई कब्जा गरेको छ र बाँध बनाई वर्षातमा मधेशभित्रको भू-भाग डुबानमा पारी वाढीले उधुम मच्चाइरहेको जो कसैलाई थाहै भएको विषय हो अर्कोतिर दशगजाको छेउबाट पूर्व पश्चिम राजमार्ग बनाइ झन् वाढी पीडित मधेशीहरुलाई बनाइ दिएको छ । एकातिर पर्वते शासकहरु अर्कोतिर भारतले मधेशीहरुलाई मालको रुपमा प्रयोग गरिदै आएका छन् त्यसैले विदेशीहरुको माग बमोजिम नेपालीहरुलाई मालको रुपमा विदेश सप्लाइ गरिन्छ । त्यहाँबाट मृत शरीर बाकसभरी नेपाल भित्रिएको हामीलाई थाहै छ । बिक्री गरेको मानवरुपी मालको रेमिट्यान्सबाट नेपाली सत्ता सञ्चालनमा छ । यसरी नै मधेश लामो समयदेखि पर्वते शासकको गुलाम बनि समय बिताएको देखिन्छ ।अहिले त नेपाली भाषा या अङ्ग्रेजी भाषा जानेको भनि गर्व गर्ने र आफ्नो भाषा बोल्न लाज मान्ने मधेशीहरुको कमि छैन पहाडबाट बसाइ सराइ गरि आएकाहरुसंग मीत लगाउन पाए भाग्यमानी भएको ठान्दछन् । मधेशीहरुलाई उनका सामुन्ने घृणा गरेको सबै मधेसीहरु भोग्दै आएका छन् र मधेशी कर्मचारीले त झन् मधेसीसँग घुस लिन हिचकिचाउँदैनन् त्यही पर्वतेहरुसँग डराउने गरेको कैयौं उदाहरण दिन सकिन्छ । यहाँ मधेसमा रहेको मधेसीहरुलाई संगठित गरि जब मधेसी नेतृत्व पर्वतेहरुसँग संयुक्त हुँदा स्वयमसँग रहेको मधेसी आफ्नो मधेसी नेतृत्वलाई भुलि शासक जातिलाई सहजै स्वीकार्य गरि आफ्नो पावर बढेको देख्छन् र शुरुका मधेसी नेतृत्वलाई न टेरि आफ्नो ओज बढेको देख्छन् तर उनलाई थाहै हुँदैन कि शासकमा नश्लीय चिन्तन हुन्छ र फूट हाली यिनलाई प्रयोग गरेका छन् तसर्थ मधेसी समुदाय वैचारिक हिसाबले स्वयमलाई परिमार्जित गर्दै आफ्नो स्वाभिमान प्रतिष्ठालाई कायम राख्दै परिपक्व मधेसी नेतृत्वलाई पनि कदापि भुल्नु हुँदैन र पहाडी परिक्व नेतृत्वसँग पनि सहकार्य गर्न सक्नु पर्दछ । पढे लेखेको मधेशी त मनभित्र जति आक्रोश राखेपनि बाहिर बोल्न डराउँछन् । पुजीवादले जब कुनै राष्ट्रमाथि कब्जा गर्न चाहे प्रथम उसले भाषा र धर्ममाथि नै आक्रमण गर्दछ । नेपाल यसको अपवाद हुन सक्दैन । महान जनयुद्धले ल्याएको सिमित परिवर्तनले केहि मधेशी संगठन खोल्न पाएका छन् तर त्यही जनयुद्धटलाई सत्तो सराप गर्न पछि पर्दैनन् मधेशीहरु यिनका गुलामी मानसिक्ताको कुरा उठाइ प्रतिरोध गर्दा खुब ताली पिट्छन् यसैको फाइदा लिएर दलाल नोकरशाही राज्यसत्ताका प्रतिनिधि मधेशीहरु निर्वाचनमा फाइदा लिइ आफ्नो कुटुम्ब र आसेपासेको पेट भर्दछन् र मधेशी मसिहा बनि मधेशलाई नै ठग्छन् । कोही आजाद मधेशको हुंकार त कोही एक मधेश एक प्रदेशको नारा तहत सबै मधेशीहरुलाई ठग्दै आएका छन् ।
मधेशीहरु आफ्नै भूमिमा फिजि देश झैं बनेका छन् । पढे लेखेका मधेशीहरुलाई न मधेशको मतलब न त मधेशी जनताप्रति चासो एक मात्र आफ्नो जिवनको चिन्ता रहेपनि छटपटाहटमा जिवन गुजारा चलाइ रहेका छन् ।
समाजवादी मधेशी मुक्ति मोर्चाको अन्तिम उद्देश्य आत्मनिर्णयको अधिकार हो हुनलाई जनयुद्धको दौरान पनि यहि उद्देश्य रहेको थियो तर जनयुद्ध रुपी ट्रेनको ड्राइभर जड्याहा भएर ट्रेन अक्सिडेन्ट गराएपछि सम्पूर्ण जनयुद्धका योद्धाहरु मात्रै होइन उत्पीडित जातजाति, मजदुर, किसान, व्यापारी, बुद्धिजिवी, लेखक, मध्यमवर्ग सबका सब घाइते भए । फेरिपनि ती योद्धाहरु मध्ये नयाँ ड्राइभर कायम गरिएको छ जसले हाम्रो अन्तिम उद्देश्य आम उत्पीडितसँगै मुक्तिमा साथ दिनेछ । किनभने उनका उद्येश्य पनि नेपाली विशेषताको समाजवाद हुँदै वैज्ञानिक समाजवादसम्म ट्रेन लिएर जाने रहेको छ ।
नेपाली मौलिकताले देश भित्रका तमाम पहिचानलाई एकमा उनिनु र हाम्रो संगठन समाजवादी मधेशी मुक्ति मोर्चाले पहिचान वालासँग संयुक्त मोर्चाको चिन्तनले हाम्रो गन्तव्य सुनिश्चित गर्दछ ।
हाम्रो गन्तव्य पहिचान, सामर्थ्यसहितको स्वायत्त मधेशसँगै मगरात, तमुवान, नेवखल, किराँती लगायतका उत्पीडित राष्ट्रियता सम्बोधन गरि समुन्नत र समृद्ध देश बनाइ कुटनैतिक रुपमा अन्तर्राष्ट्रिय सम्बन्ध पञ्चशील सिद्धान्तमा आधारित असंलग्न देश नेपालको निर्माण नै हो जुनकुनै बहानामा नेपालको कानूनमाथि शासन गर्ने खालको र देशको हित विपरीतका सन्धि सम्झौता तुरुन्त खारेजीको भागी छ ।
मधेशीहरुमा स्वार्थ बढि भएको हुँदा संगठन र उत्पादन सँगसँगै बढाउँदा राम्रो । धार्मिक मामिलामा कसैको आस्थामाथि हस्तक्षेप गर्नु ठिक होइन धर्मबारे मधेसी समुदाय बढि धर्म भिरु रहेकोले सनातन धर्म होस् या मुस्लिम, क्रिश्चियन या बौद्धिष्टमा कुनैपनि विकास आजका मानिसहरुले गर्न सकेका छैनन् त्यो आफै अवनतितिर जाँदैछ भनि भन्नु पर्दछ । समाजवादी मधेशी मुक्ति मोर्चा नेपालको मान्यता त के हो भने जुन कुराको विकास हुँदैन उसको विनास अवश्यम्भावी छ ।त्यसकारण सकारात्मक सोचसहित विकास समृद्धिको बाटो अवलम्बन गरौं !
मधेश राष्ट्रभित्र पनि तमाम समुदायका मानिसहरुको बसोबास छ पहाडबाट या अहिले भारतबाट आएका मधेशमा बसोबास गर्ने नेपाली नागरिक सबै मधेशी हुन् । सबैसँग सौहार्दपूर्ण व्यवहार नै मधेशीहरुको गुण हुनु पर्दछ । कसैले जात, समुदाय, धर्म, संस्कृतिमा एक आपसमा द्रोह गराउन खोज्यो भने त्यो जानेर हो या अन्जानमा पुजीवाद या साम्राज्यवादीको सेवा गरिरहेको छ । अहिले अमेरिकी साम्राज्यवाद बाह्य रुपमा हामी मधेशीहरुको मुख्य शत्रु हो । त्यसले यो देशमा हिन्दु मुस्लिम, क्रिश्चियनहरुमा सम्प्रदायिक भावना भडकाउने र एमसीसी लागु गर्न एमसीए संस्था खडा गरि नेपालको खनिज र अन्य लुट गर्न ठाडै हस्तक्षेप गरिरहेको छ र यो दुनियामा युद्ध भडकाई आफ्नो हतियार बेचि धनी बनेर विश्व व्यवस्थाको मालिक रहेपनि अहिले यसको वर्चस्व समाप्तितिर उन्मुख भइरहेकोमा दुईमत हुन सक्दैन ।तसर्थ यसको प्रतिकार गर्न ढिलो गर्नु हुँदैन । यहाँ त हाम्रो सोच कति पछौटे छ कि दुश्मन घरमै न पस्दासम्म दुश्मन आएको छ भनि बुझ्दैनन् यो सोचलाई बदल्नु पर्छ र दूर दृष्टि निर्माण गरि अमेरिकी साम्राज्यवाद र ऊ जुनसुकै बहानामा नेपाल छिर्ने उसको कोशिसलाई असफल नगरी देशको सुरक्षा हुन सक्दैन ।
अन्तमा हामी मधेसीहरुमा रहेको दास मानसिक्ता त्यागौं स्वयमका संगठित शक्ति र स्वाभिमान निर्माण गर्दै पहाडका उत्पीडित राष्ट्रियतावालासँग सहकार्य गरि पूरै राज्य सत्ता शासकहरुको हातबाट खोस्न देशभक्त कम्युनिष्टहरुसंग मिलि समृद्ध नेपाल र स्वाभिमानी मधेशीको भूमिका पूरा गरौं र यहाँको मुल बासिन्दा मधेसी, थारु, किराँती, मगर, गुरुङ, तामाङ्ग, नेवार, राई, लिम्बु समेतका हातमा सत्ता ल्याउन पहाडी शासकको हातबाट राज्यसत्ता खोसौं । यहि नै नेपाली विशेषताको समाजवाद हो । किनभने तपाई हामीलाई थाहा हुनुपर्ने विषय के हो भने हामी यहाँको आदिबासी भएकै कारण हाम्रो सत्तामा दलित, महिला, उत्पीडित क्षेत्र र वर्गको संयुक्त सत्ता हुने छ यसको नेतृत्व द्वन्दात्मक चेतको राजनैतिक दल जो नेपाली विशेषताको समाजवाद वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यसहित उत्पादनलाई केन्द्रमा राखी राजनैतिक संघर्ष गरिरहेको छ ।
सारमा भन्नु पर्दा मधेश स्वयम पनि विभिन्न रुढीवाद संकिर्ण सोच विभिन्न धर्म या जातिय संघर्षले थिलो परेको छ अर्कातिर नश्लिय चिन्तन लिएका पहाडी शासकको पैतला मुनि कुल्चिनु पर्ने बाध्यता छ । त्यसबाट मुक्ति पाउन जति कोशिस गरे पनि कहिं न कहिं हाम्रै कमजोरीले काम गरेको छ । सँगै नेपालमा बाहिरबाट आएको फिरंगी अर्थात भगौडाहरु नेपालमा आइ हजारौं बर्षदेखि राज्यसत्ताको मालिक बनिरहेका छन् । जति संघर्ष गरेपनि राज्य सत्तामा कुनै परिवर्तन न भइ केवल रक्सी बदलियो बोतल पुरानै रहेकोमा दुईमत हुन सक्दैन ।
यी शासकहरु हामीलाई आपसमा लडाई सत्ता चलाएको देखिन्छ अर्कातिर भारतले यी शासकहरुलाई आफ्नो अधीन पार्न पहाडी मधेसीको फाटो पनि न पारेको होइन पार्दै आएको पनि छ र पहाडिया शासकले पनि आफ्नो गद्दी जोगाउन यहि त्रुप चालेको पाइन्छ ।
तसर्थ राष्ट्रिय अन्तर्राष्ट्रिय शत्रु र देशको दलाल नोकरशाही सत्ताको विरुद्ध न लडि सुखै छैन । यसमा प्रधान शत्रु अमेरिकी साम्राज्यवाद नै हो किनभने यसले प्रत्यक्ष रुपमा नेपाली भूमिमा हस्तक्षेप गर्न आइसकेको छ । भारतलाई बुझ्दा ऊ परोक्ष रुपमा आएको देखिन्छ त्यस उसले नेपाली भूमि र स्वाभिमानको लागी अहिले अमेरिकी साम्राज्यवाद नै हाम्रो प्रमुख शत्रु हो महान जनयुद्ध पश्चात राष्ट्रियताको लागि लडाइ भएको भए देशमा विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन्थे र हामी मधेसीहरु पनि नयाँ ठाउँमा हुन्थ्यौं । विश्वमा जुन देश राष्ट्रियताको लागी संघर्ष गरेन त्यो अविकसित मुलुकको श्रेणीमा अहिले पनि रहन बाध्य छ । अमेरिका स्वयम राष्ट्रियताको लडाइ न लडेको होइन चीन, रुस लगायत थुप्रै देश राष्ट्रियताको संघर्ष गरे पश्चात विकसित भएको पाइन्छ । नेपाल किन साम्राज्यवादी हस्तक्षेपको विरुद्धको संघर्षलाई मुख्य बनाएन । यसको मूल कारण सबै विदेशीको अर्थमा आफ्नो निजि भविष्य देख्छन् हामी मधेसीहरुभित्र पनि दास मानसिक्ता रहेकोले पहाडी शासकबाट मुक्त हुन सकेनौं अब समाजवादी मधेसी मुक्ति मोर्चामा आबद्ध भइ अवस्था होइन व्यवस्था बदल्न आ-आफ्नो मोर्चामा डटौं कि कसो ?