१३ पुष २०८१, शनिबार

अखिल (समाजवादी) को तेस्रो पूर्ण बैठक सम्पन्न, स्ववियु निर्वाचन विशेष अभियान सञ्चालन गर्ने

0

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता र संगठनका केन्द्रीय अध्यक्ष नरेन्द्र सीको अध्यक्षतामा बसेकाे बैठकमा नेकपाका पोलिट ब्यूरो सदस्य सन्देश सी, नेकपा केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सी, नेकपा केन्द्रीय सदस्य आरोह सी, सो संगठनका पूर्व उपाध्यक्ष तथा नेकपाका नेता लाल बहादुर (तामाङ) सी, नेकपाका केन्द्रीय सदस्य चितवन जिल्ला सेक्रेटरी तथा उक्त संगठनका पूर्व उपाध्यक्ष रुद्र सी लगायत पार्टी नेताहरुको आतिथ्यता रहेको थियो ।
पुस ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा भएको बैठकले अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीले पेस गरेको “स्ववियु निर्वाचनमा सशक्त हस्तक्षेप गरौं ! संगठनलाई सुदृढ र गतिशील बनाऔं !! पार्टी कार्यनीतिको पक्षमा देशव्यापी जनलहर सृजना गरौं !!!”भन्ने मूल नारासहितको प्रस्ताव” एकमतले पारित गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकमा प्रमुख अतिथि नेकपाका महासचिव विप्लव सीले ज्ञान र श्रमलाई जसले सँगसँगै जोड्न सक्छ त्यहीँ अगाडि आउने भन्दै युवा विद्यार्थीले महत्वपूर्ण ज्ञान हासिल गरि श्रममा जोड्नु पर्ने अहिलेको आवश्यकता रहेकाले त्यतातिर ध्यान दिन निर्देशन  दिए । पुजीवादले शिक्षामा हात हालेपछि शिक्षा क्षेत्र बिग्रेको भन्दै उनलेे शैक्षिक क्षेत्र सुधारको निम्ति अखिल (समाजवादी) ले संघर्ष छेड्नु पर्ने बताए । उनले नेपालको अहिलेको शिक्षा प्रणालीले युवा विद्यार्थीको आवश्यकतालाई जोड्न नसकेले यो प्रणालीलाई बदलेर नेपालको माटो सुहाउँदो, नेपाली युवा विद्यार्थीलाई श्रम र रोजगारीसंग जोड्ने शिक्षा नीति ल्याउनु पर्ने र त्यो नीतिको खाका नेकपासंग रहेको बताए । अर्को एक प्रसंगमा नेकपा महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई हमला गर्न अमेरिका युरोपियनहरुले नेपालमा विभिन्न पात्र खडा गरिरहेकोले त्यस्ता योजनाहरुलाई निस्तेज पार्दै  कम्युनिस्ट आन्दोलन पुनर्ताजगी गर्न सबै सच्चा कम्युनिस्टहरु एक हुनुपर्ने बेला भएको बताए । उनले अर्थतन्त्रसहितको राजनीति आजको आवश्यकता रहेकाले युवा विद्यार्थीहरु उत्पादन कार्य संगसंगै क्रान्तिमा होमिनुपर्ने बताए । महासचिव विप्लवले आगामी फागुनमा हुने त्रिभुवन विश्वविद्यालयको निर्वाचनमा सहभागी भएर अखिल (समाजवादी) ले आफ्नो मुद्दा  एजेन्डा देशैभरिका क्याम्पस कलेजहरुका विद्यार्थी माझ पुर्याएर विजय हासिल गर्न निर्देशन दिएका थिए।

बैठकमा नेकपाका पोलिट ब्यूरो सदस्य तथा चितवन माडी उत्पादन शाखा प्रमुख सन्देश सीले अखिल (समाजवादी) को पहिलो मुद्दा विद्यार्थीको समस्या उठान गर्नुपर्ने भएकाले कलेज क्याम्पसमा पुगेर विद्यार्थीहरुको समस्या उठान, उजागर गर्दै एक इकाई एक उत्पादनको नीति लिएर अगाडि बढ्न सुझाव थिए । उनले पुजीवादी विचारधारा र दर्शनमा कोही आकर्षित नहुने भन्दै नेकपाको नीति र विचार नै अहिलेको सबैभन्दा उत्कृष्ट वसचार रहेकाले नेकपा नै सबैभन्दा उत्कृष्ट विचार, दर्शन, कार्यदिशा भएको पार्टी रहेको दाबी गरे ।

बैठकमा नेकपाका चितवन जिल्ला इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य उत्सव सी, नेकपाका केन्द्रीय सदस्य चितवन जिल्ला सेक्रेटरी रुद्र सी, उक्त संगठनका पूर्व उपाध्यक्ष लाल बाहदुर (तामाङ) सीले बैठक सफलतासहितको शुभकामना दिएका थिए ।

यस्तै अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले दोस्रो बैठकदेखि तेस्रो बैठकसम्म आइपुग्दा संगठनले राजनीतिक, शैक्षिक, आर्थिक, श्रम उत्पादनको क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको बताउदै नेपालका सबै विद्यार्थी संगठनहरुभन्दा अखिल (समाजवादी) देशकै उत्कृष्ट विद्यार्थी संगठनको रुपमा दर्ज भएको बताए । उनले संगठनका सबै तहमा रहेका नेता कार्यकर्ताले नयाँ खोज, अध्ययन, अनुसन्धानमा सहभागी हुँदै ज्ञान सीप क्षमता हासिल गरेर अगाडि बढ्नुपर्ने बताए । अर्को एक प्रसंगमा आगामी फागुन १५ गते हुने भनिएको स्ववियु निर्वाचनमा अहिलेको शिक्षा प्रणाली, अखिल समाजवादीले स्थापना गर्ने भनेको शिक्षा नीति, नेकपाको नीति विचार योजना हजारौं हजार विद्यार्थीबीच सम्प्रेषण गर्दै विद्यार्थीको समस्या उठान उजागर गर्दै यो देशका दलाल भ्रष्टहरुको खराब कामको भन्डाफोर गर्दै सहभागी भएर विजय हासिल गर्न निर्देश दिए ।

 यस्ता छन् अखिल (समाजवादी) बैठकका निर्णयहरु

अखिल (समाजवादी) को सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी फागुन १५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सोही अनुसार पुस २५ सम्म प्रदेश, जिल्ला, इकाईसम्मका बैठक सम्पन्न गरि क्याम्पस केन्द्रीय अभियान केन्द्रित गर्ने, स्ववियुबारे क्याम्पस कलेजहरु बहस, छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको छ । अखिल (समाजवादी) ले संगठनको धारणा सहितको स्ववियु केन्द्रित घोषणा पत्र तयार गर्ने निर्णय पनि गरेको छ । साथै शैक्षिक क्षेत्रमा देखिएका खराबी, बेथिति, विकृति, विश्वविद्यालयहरुमा हुने राजनीतिक भागबन्डा, राजनीतिक हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने, शैक्षिक संस्थाहरुमा रचनात्मक क्रियाकलाप गर्ने निर्णय लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।