१३ बैशाख २०८१, बिहीबार

छात्रामाथि करणी गर्ने ठेकेदार महतलाई कारबाही गर्न अखिल (क्रान्तिकारी) जुम्लाको माग

0

जुम्ला । अखिल (क्रान्तिकारी) जुम्लाले एक विज्ञप्ति जारी गर्दै जुम्ला चन्दननाथ नमुना माध्यमिक विद्यालय कक्षा ४ मा अध्यनरत १३ बर्षिया छात्रामाथि चन्दननाथ न।पा वडा न. ७ निवासी ४८ बर्षिय ठेकेदार प्रेम राजा नामले चिनिने (प्रेमजंग महत)ले जाजरकोट जिल्ला कुसे गाउँपालिका निबासी हाल खलंगा बजार जुम्ला बस्दै आएकि १३ बर्षिया छात्रालाई धर्म छोरी बनाइ पालनपोषण गर्ने सर्तमा आफ्नो घरमा राखेर निरन्तर ३ महिनादेखि करणी गर्दै आएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आरोप्रति महतले घटना खुलासा गरे मारीदिने धम्कि दिएपछि पीडालाई सहन नसकेर छात्राले मुसा मार्ने बीष खाएर घटना वाहिरीएपछि सरकारी निकायका व्यक्तिहरुको मिलोमतो गरी पीडित छात्राकि आमालाई आर्थिक प्रलोभनमा पारी करणी जस्तो जघन्य अपराधीक घटनालाई ७ लाखको चलखेलमा कागज बनाएर अपराधीलाई उम्काउन खोज्नु घृणित तथा लज्जास्पद रहेको भन्दै तत्काल सत्यतथ्य छानविन गरी पीडितलाइ न्याय र दोषिलाइलाइ कडा कार्वाही माग समेत गरेको छ । घटनालाई विभिन्न चलखेल गरी कमजोर पारेर अपराधीहरु उम्काउने र पीडितलाई न्याय नदिए अखिल (क्रान्तिकारी) संघर्ष गर्न बाध्य हुने जनाएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रमेश रावत (बिक्रान्त) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
“त्याग, बलिदान, सघर्ष, समर्पण र विजयको गौरवपूर्ण इतिहास बोकेको हाम्रो संगठन अखिल (क्रान्तिकारी) स्थापनाकाल देखि नै राष्ट्रियता जनजिविका को पक्षमा र कालोबजारी, भ्रष्टाचार, महङ्गी, अनियमितता राष्ट्रघात, जनघात, बलात्कार, हत्या, हिंसा, एसिड आक्रमण, यौन दुर्ववहार, लगायतका विषयमा निरन्तर सडक बाघको रूपमा सघर्ष गरिरहेको कुरा सर्वविदितै छ ।
यसै सन्दर्भमा जुम्ला जिल्ला चन्दननाथ न।पा वडा न. ७ निबासी ४८ बर्षका ठेकेदार प्रेम राजा नामले चिनिने (प्रेमजंग महत)ले जाजरकोट जिल्ला कुसे गाउँपालिका निबासी हाल खलंगा बजार जुम्ला बस्दै आएकि चन्दननाथ नमुना माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्यनरत १३ बर्षिया छात्रालाई धर्म छोरी बनाएर पालनपोषण गर्ने सर्तमा आफ्नो घरमा राखेर निरन्तर ३ महिनादेखि करणी गर्दै आएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

धर्म छोरी मानेर राखेकी नाबालिकालाई दिउँसो अरुको अगाडि बुवा भन्नु राति म श्रीमती स्वीकार्छु यदि घटना खुलासा गरेपछि मारी दिन्छु भनेर उर्दी गर्नु , पिडालाई सहन नसकेर छात्राले मुसा मार्ने बीष खाएर घटना वाहिरीएपछि झन् सरकारी निकायका व्यक्तिहरु लगायत गिरोहको मिलोमतोमा छात्राकि आमालाई आर्थिक प्रलोभनमा पारी नाबालिका करणी जस्तो जघन्य अपराधीक घटनालाई ७ लाखको चलखेलमा कागज बनाएर अपराधीलाई उम्काउन खोज्नु जस्तो कार्य छाडा लोकतान्त्रिक गणतन्त्रभित्रको पशु तुल्य व्यवहार घृणित तथा लज्जास्पद हो ।

यही साउन २८ गते बेलुका बालिका करणीको आरोपमा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका प्रेमजंग महत (प्रेम राजा) लगायत उक्त घटनालाई आर्थिक चलखेलमा मिलापत्र कागज गरि टालटुल पार्न खोज्ने सामुदायिक प्रहरी केन्द्रमा कार्यरत करणीमा आरोपित महतका दाजु, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड लगायत, कालीबहादुर भण्डारी (स्वतन्त्र वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत लगायतका संलग्न व्यक्तिलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिई, तथ्य र सत्य अनुसन्धान गरि कानुन अनुसार कडाभन्दा कारबाही गर्न र पीडित पक्षलाई न्याय दिन हाम्रो संगठन जोडदार माग तथा खबरदारी गर्दछ । यदि यो घटनालाई विभिन्न चलखेलमा कमजोर पारेर अपराधीहरु उम्काउने र पीडितलाई न्याय नदिएको खण्डमा हाम्रो संगठन भीषण संघर्ष गर्न बाध्य हुने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँन चाहान्छौ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।