६ चैत्र २०८१, बुधबार

पद्मकन्या क्याम्पसमा जितको दाबेदारीमा प्रजिना दर्नालको प्यानल

0

पद्मकन्या क्याम्पसको सभापतिको उमेद्वार प्रजिना दर्नालको डाइनामिक प्यानल चैत ७ गते हुने स्ववियू चुनावमा भिड्दै छन् । अखिल समाजवादी र अनेरास्ववियूको संयुक्त टिमले ‘नयाँ सोच नयाँ गति-भोट फर अनेरास्ववियू र समाजवादी’ भन्दै चुनावी प्रचार प्रसार गरिरहेका छन् ।
नेविसंघ र अन्य विध्यार्थी संगठनका कारण नै पिके क्याम्पसको स्थिति दिनानुदिन ओरालो लागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘’परिवर्तनको निम्ति पिके क्याम्पसमा सही नेतृत्व र विचार जरुरी भएकोले हाम्रो भिजनलाई विद्यार्थीले जिताउनेछन् । हाम्रो टिमलाई विजयी बनाएर चैत ७ गते पिके क्याम्पसले परिवर्तनको सन्देश दिने पनि बताईन् ।
सभापतिकी उम्मेदवार प्रजिना दर्नालको प्यानलमा अनेरास्ववियूबाट सचिवमा अरुणा गौतम र कोषाध्यक्षमा आयुष्मा पण्डित क्षेत्री रहेका छन् ।

प्रत्यक्ष सदस्यहरुमा भूमिका चुनारा, अनुपमा आचार्य, कजिना ढकाल, प्रियंका नापित, सर्मिला कुमारी बुढा, समानुपातिक सदस्यहरुमा प्रेमिता बाँनिया, सल्मा महर्जन, एैलिना आचार्य, बबिता बिष्ट, रुपा नेपाली र श्रीया अधिकारी रहेका छन् ।
उक्त संयुक्त प्यानलले क्याम्पस भित्रका विकृतिहरुको अन्त्य गर्न, स्ववियूलाई विध्यार्थीहरुको सेवा गर्ने संस्थाको रुपमा विकास गर्न, क्याम्पसको शिक्षा र प्रशासनको स्तरवृद्दि गर्न, रोजगारी र उत्पादनका कार्यलाई अघि बढाउन, इमान्दारिता र पार्दर्शिता लागू गर्न र विज्ञान प्रविधि क्षेत्रमा नयाँ नयाँ परियोजनाका साथ १५ बुँदे प्रतिवद्दता समेत सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।