१९ असार २०८२, बिहीबार

कलादेवी पाण्डेको निधनप्रति नेकपा दाङद्वारा दु:ख व्यक्त

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले कलादेवी पाण्डेको निधनले सिंगो पार्टीपंक्ति स्तब्ध एवम मर्माहत भएको जनाएको छ ।
मंगलबार नेकपाका जिल्ला सेक्रेटरी तिलक सीले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टीका जिल्ला सल्लाहकार समितिका सदस्य नवराज पाण्डेका ममतामयी आमा कलादेवी पाण्डेको निधनले पार्टीपंक्ति स्तब्ध एवम मर्माहत भएको बताएका हुन् ।

सेक्रेटरी तिलक सीद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा आदरणीय आमाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ भने पिडाको शोकमा रहनुभएका शोकसन्तप्त परिवारजन , आफन्तजन तथा इस्टमित्रहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

२००० सालमा जन्मिनु भएकी आमा कलादेवी पाण्डेको लामो समयदेखि क्यान्सर जस्तो प्राणघातक रोगसँग लड्दालड्दै यहीँ असार १५ गते ८२ वर्षको उमेरमा दुखद निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।