
उदयपुर – नेपाल कम्युनिस्ट पार्टी उदयपुरले कटारीमा धान दिवस मनाएको छ । आइतबार नेकपाका केन्द्रीय सदस्य लक्ष्मण सीको नेतृत्वमा उदयपुर जिल्ला कटारीमा धान दिवस मनाएको हो ।
नेकपाले एक बिगाहा जग्गा भाडामा लिएर सो जग्गामा धान रोपेको हो । उक्त दिवसमा युनिफाईड हारभेस्ट एमिकल्चर फार्मर कटारी नगरपालिका कृषि विकास शाखाको सहभागिता रहेको थियो ।
धान दिवसमा कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, उप-प्रमुख गिता खड्का, इलाका प्रशासन कार्यालय प्रमुख कोपिला राई, प्रमुख प्रशासकीय अधिकृत राजन थापा लगायत जनप्रतिनिधिहरुको सहभागिता थियो ।
राजनीतिक पार्टीहरु परजीवी नभएर उत्पादक शक्ति बन्नुपर्ने र देशको उत्पादकत्व वृद्धिमा नेतृत्वदायी भूमिकामा आउनु पर्ने, पार्टीको नीति अनुसार २२ औं धान दिवस सम्पन्न गरिएको नेकपका नेता लक्ष्मण सीले बताए ।
प्रतिक्रिया दिनुहोस्