
नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएसँगै नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त छन् । असार १० गतेबाट सुरु भएको यो अभियान आगामी साउन १० गतेसम्म चल्नेछ । जसमा पार्टीका सबै तहका नेता-कार्यकर्ताहरू खेतबारीदेखि खलिहानसम्म सक्रिय रूपमा संलग्न छन् ।
पार्टी महासचिव विप्लव सीले यस अभियानलाई पार्टीको आन्तरिक आत्मनिर्भरताका साथै समग्र देश र जनतालाई आत्मनिर्भर बनाउने बृहत्तर लक्ष्यका साथ अगाडि बढाइएको बताएका छन् । उनका अनुसार यो केवल पार्टीको मात्र नभई, देश र जनताको साझा अभियान हो । जसको मूल लक्ष्य देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाई नेपाली जनतालाई स्वाभिमानी र स्वाधीन जीवनयापन गर्न सक्ने बनाउनु हो ।
नेकपाले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ताको वैचारिक जग निर्माण गरी यसलाई व्यवहारमा उतारेको केही समय भइसकेको छ । यसैको निरन्तरता स्वरूप, वर्तमान उत्पादन अभियानलाई अझ सशक्त बनाइएको छ । पार्टीको स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय समितिको नेतृत्वमा देशभरका नेता-कार्यकर्ताहरू उत्साहका साथ यस अभियानमा होमिएका छन् ।
गत वर्षको अनुभवलाई आधार मान्दै, यस वर्ष ५० प्रतिशतले बढी उत्पादन हुने आकलन गरिएको छ । गए वर्ष नै खाद्यान्नमा लगभग आत्मनिर्भर भइसकेकोले, यस वर्ष उपभोक्तासम्म धेरै परिमाणमा उत्पादन पुर्याउन सकिने विश्वास पार्टीले व्यक्त गरेको छ ।
महासचिव विप्लव सी स्वयं पनि विगतदेखि नै कृषि उत्पादनमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन् । उनले अर्घाखाँचीको मान्द्रेमा अकबरे खुर्सानी खेती, जुम्लामा स्याउ खेती र भेडापालन लगायतका अभियानमा प्रत्यक्ष संलग्न भई
पार्टीले देशभर करिब १२० बिघा जग्गा भाडामा लिएर विभिन्न किसिमका खेतीहरू गरिरहेका छन् । जुम्ला लगायत हिमाली भेगमा स्याउ खेती, पहाडी भेगमा फलफूल र तरकारी खेती र तराईमा धान तथा गहुँ खेतीलाई प्राथमिकता दिइएको छ ।
यो अभियानमा इमान्दार कर्मचारी, व्यवसायी र राज्यका असल प्रतिनिधिहरूले पनि सौहार्दपूर्ण सहयोग उपलब्ध गराएकोमा नेकपाले धन्यवाद ज्ञापन गरेको छ । यसले समाजका विभिन्न वर्गको साथ र सहयोगले मात्र कुनै पनि अभियान सफल हुन सक्छ भन्ने सन्देश दिएको छ ।
महासचिव विप्लव सीले आफ्नो भनाइमा स्पष्ट पारेका छन् कि यदि राज्यले सही मार्ग देखाउने हो र जनताले विश्वासका साथ काम गर्ने हो भने, नेपालीहरूले खान-लाउनका लागि विदेशी भूमिमा भौतारिनुपर्ने छैन । बरु, आफ्नै देशमा उच्च स्वाभिमानका साथ बस्न र देशलाई आत्मनिर्भर तथा समृद्ध बनाउन सकिनेछ । ‘आत्मनिर्भरता नै देशको स्वाधीन एवं स्वाभिमानी भविष्य हो, ।’ उनको यो भनाइले अभियानको दीर्घकालीन दृष्टिकोणलाई स्पष्ट पार्दछ ।
यो उत्पादन अभियानले केवल आर्थिक लाभ मात्र नभई, नेता-कार्यकर्ताहरूमा फरक उत्साह, आत्मविश्वास, स्वाभिमान र प्रतिबद्धता पैदा गरेको पार्टीको दाबी छ । यसले श्रम संस्कृतिको विकास गर्दै पार्टीलाई जनस्तरमा जोड्न मद्दत पुर्याएको छ ।
नेकपाको यो उत्पादन अभियानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने र विदेशी परनिर्भरता घटाउने दिशामा एउटा महत्वपूर्ण कदम चालेको छ । महासचिव विप्लव सीले जनसमुदायलाई एकताबद्ध भई देशको नयाँ भविष्य निर्माणमा सहभागी बन्न आह्वान गरेका छन् ।
यस अभियानले आगामी दिनमा नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ । के नेकपाको यो श्रम अभियानले साँच्चै नेपाललाई आत्मनिर्भरताको दिशामा डोर्याउन सक्ला?