२४ भाद्र २०८२, मंगलवार

जेनजी आन्दोलनलाई साथ दिन काठमाडौं आउँदै विप्लव, केन्द्रीय प्रतिनिधि समितिकाे बैठक स्थगित

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जेनजीको आन्दोलनलाई साथ दिन पार्टी बैठक स्थगित गरेका छन् । भदौ ३१ गतेदेखि सुरु हुने भनिएको केन्द्रीय प्रतिनिधि समितिको बैठक स्थगित गर्दै विप्लवले जैन जी पुस्ताको आन्दोलनमा सहभागी हुने नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सो पार्टीले भदौ ३० गतेसम्म चल्ने भनिएको केन्द्रीय समितिको बैठक छोट्याएका छन् । महत्वपूर्ण बैठक गर्दै पार्टीले केन्द्रीय समिति बैठक आजै समापन गर्ने पार्टी स्थायी समिति सदस्य अनिल सीले बताएका छन् ।

जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेपछि नेकपाले उनीहरुको आन्दोलनलाई समर्थन गर्दै देशको परिस्थितिको जिम्मा लिन बैठक समापन गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।