२४ भाद्र २०८२, मंगलवार

प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । 

भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबारदेखि प्रदर्शन गरिरहेका छन् । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलन थप चर्किएको छ ।

प्रदर्शनकारी व्यापक तोडफोडमा उत्रिएर स्थिति नियन्त्रण बाहिर गएसँगै अन्ततः उनले राजीनामा दिएका हुन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।