
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जेनजीको जारी आन्दोलनलाई साथ दिने निर्णय गरेको छ । नेकपा महासचिव विप्लव आफैं जेनजी आन्दोलनमा सहभागी हुन भाेलि काठमाडौं आउँदैछन् ।
नेकपाले भदौ २३ गतेदेखि २७ गतेसम्म राखेको केन्द्रीय समिति बैठक आज स्थगित गरिसकेको छ ।
वर्तमान संसदीय पार्टीको सत्ता अन्त्यका लागि जेनजी आन्दोलनमा साथ दिने पार्टीले निर्णय गरेको नेकपाले जनाएको छ ।
नेकपाले वर्तमान सत्ताको प्रक्रियाभन्दा बाहिरबाट शक्तिशाली भ्रष्टाचार छानबिन नागरिक आयोग गठन गर्ने र भ्रष्टाचार नेता, कर्मचारीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने, राज्यका सबै संविधानिक निकायमा गरेका राजनीतिक नियुक्ति खारेज गर्ने लगायतका निर्णय गरेको छ ।
साथै महासचिव विप्लवले आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई पनि आन्दोलनलाई साथ दिन निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्