
काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले गरेको दमनमा परेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् । सरकारी दमनको विरोधमा मंगलबार पनि बिहानैदेखि देशभर प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।
सरकारी दमनको विरोधमा प्रदर्शनकारीले प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूकाे र मन्त्रीहरुकाे घर, पार्टी कार्यालय र सरकारी कार्यालयहरु जलाइदिएका छन् ।
प्रतिक्रिया दिनुहोस्