११ बैशाख २०८१, मंगलवार

भोली भाद्र ७ गते नेपाल वन्द

आज देश व्यापी मशाल जुलुश

0

काडमाण्डौं । चार क्रान्तिकारी कम्युनिस्टहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी समाजवादी)को ०७९ भाद्र ५ गते वसेको संयुक्त वैठकले भाद्र ७ गते नेपाल वन्द सानदार ढंगवाट सफल वनाउन सरोकारवाला सवैलाई आग्रह गरेको छ । आज भाद्र ६ गते देशव्यापी मशाल जुलुश गर्ने आयोजकले जनपत्रिकालाई जानकारी गराएको छ ।

संंयुक्त विज्ञप्तिको पूरा पाठ –

विगत लामो समयदेखि हामी ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिवीका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका विरुद्धमा संयुक्त संघर्षको दौरानमा छौँ । यसै सन्दर्भमा तल उल्लेखित महत्वपूर्ण विषयहरुमा न्यायोचित मागहरु राखेर चरणवद्ध संघर्षको कार्यक्रमहरु गर्दै आइरहेको कुरा यहाँहरुलाई जानकारी नै छ । अतः यहि २०७९ भदौ ७ गते – नेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि यहाँहरुको संघ–संस्थाबाट आवश्यक सहगोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
क) २०७७ साल फागुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिको बुँदा नं। ३ मा “नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्न सहमत भएको छ” भन्नेकुरा उल्लेखित भएको थियो । तर हालसम्म पनि जेलमा रहेका नेता, कार्यकर्ताहरुलाई रिहाई गरिएको छैन । झुठ्ठा मुद्धा खारेज गरिएको छैन । उल्टै नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगाएतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ । उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिको विरुद्धमा भएको कुरा निकै खेदजनक, षड्यन्त्रमुलक र मुलुकलाई जर्वरजस्त द्वन्द्वमा धकेल्ने नियोजित मनसायमा आधारित छ । त्यसैले उक्त ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज हुन आवश्यक छ ।
ख) हामी ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी विगत लामोसमय देखि राष्ट्रघाती एमसीसी सम्झौता र एसपीपी परियोजनाको विरुद्ध निरन्तर आन्दोलनमा छौँ । यो सम्झौतारपरियोजनामार्फत अमेरिकी साम्राज्यवादले हाम्रो देशको स्वाधीनतामाथि सिधै हस्तक्षेप गर्ने र आफ्नो उपनिवेश लाद्ने नियोजित षड्यन्त्रमा आधारित छ । नेपालको सामरिक महत्वको भुगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुद बनाउने उदेश्यमा आधारित भएकोले उक्त सम्झौता तथा परियोजना खारेज हुन आवश्यक छ ।
ग) हाम्रो देश चरम मुल्यवृद्धी र भ्रष्टाचारको दलदलमा फसेको छ । चौतर्फी क्षेत्रमा ब्याप्त भ्रष्टाचारले गर्दा देश कङ्गालीकरणतर्फ धकेलिएको छ । चर्को मुल्यवृद्धीका कारणले जनताको जिवन कष्टकर बन्दै गएको छ । अतः तत्काल भ्रष्टाचार रोक्ने र असिमित रुपमा बढिरहेको मुल्यवृद्धी नियन्त्रण गर्न अनिवार्य छ ।
घ) विगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धि तथा सझौताहरुका कारणले गर्दा नेपालमा विदेशी हस्तक्षेप बढेको छ । जसको कारणले नेपालको आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, सिमा अतिक्रमण लगाएतका समस्याहरु जटिल बन्दै गएको छ । अतः उपरोक्त असमान सन्धि तथा सम्झौताहरु खारेज गर्न आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।