१५ चैत्र २०८०, बिहीबार

नेपाल बन्दको पूर्वसन्ध्यामा निकाल्यो धादिङले मशाल जुलुस

0

धादिङ: नेपाल कम्युनिस्ट पार्टी धादिङले भोलिको नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको छ । राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, महङ्गी र तीन बुँदे सम्झौता विपरीत शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको पक्राउ पुर्जी विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो ।

झुट्टा मुद्धा खारेज, तीन बुँदे सम्झौता कार्यान्वयन, राज बन्दीहरु रिहाई, राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक खारेजी लगायतको माग राखी नेपाल कम्युनिस्ट पार्टी लगायत चार पार्टी सम्मिलित मोर्चाले नेपाल बन्दको आयोजना गरेको हो ।

नेपाल बन्दको पुर्वसन्ध्यामा केन्द्रीय राजधानी काठमाडौं छिर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग स्थित धार्के बजारमा मशाल जुलुस निकालेर बजार परिक्रमा गरि कोणसभामा परिणत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।