८ बैशाख २०८१, शनिबार

पूर्वका जिल्लाहरुमा पनि मशाल जुलुस कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले घोषित संघर्षका कार्यक्रम अन्तर्गत भोलि ७ गते नेपाल बन्दको पूर्व सन्ध्यामा पूर्वको उदयपुर, ओखलढुंगा, सुनसरी, संखुवासभा, सोलुखुम्वु, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, ईलाम, झापा, मोरङ्ग, भोजपुर, खोटाङ, पाँचथर लगाएतका जिल्लाहरूमा ब्यापक प्रहरी दमनको बिच बाट मशाल जूलूस प्रत्येक जिल्लामा सम्पन्न गरेको छ ।

उक्त मशाल जुलुसमा नेकपाका नेताकार्यकर्ताहरुले प्रत्येक जिल्लामा मशाल बोकेर राष्ट्रघाती सम्झौता खारेज गर, बढ्दो महङगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कार्बाही गर, बन्दिहरु रिहाई गर, तीन बुँदे सहमति कार्यन्वयन गर, नेताहरुलाई जारी गरेको पक्राउ पुर्जि फिर्ता गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि मेन चोकहरुमा कोणसभा गरेका थिए ।


उक्त कोण सभामा बोल्दै नेताहरुले यो दलाल संसदिय व्यवस्थामा हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरीपैठारी, महङ्गी, कालोबजारी र मुल्यवृद्धि दिनानुदिन भइरहेकोले नेपाली जनता यसको प्रतिकारमा उत्रिनु पर्ने बताएका थिए । सरकारले नेकपासँग गरेको तीन बुँदे सहमतिमा एक बुँदे मात्रै सहमति कार्यन्वयन गरेको र अरु दुई बुँदे सहमति कार्यन्वयन सरकारले गर्नुको साटो उल्टै नेताहरूमाथि पक्राउ पुर्जि जारी गरेकोप्रति आपत्ति जनाउदै उनीहरुले राज्यलाई सांकेतिक रूपमा यो बन्दको कार्यक्रम आयोजना गरेको बताएका छ्न् ।

सरकारले यसरी नै हाम्रो सहमतिहरुलाई राज्यले ढिलासुस्ती गरेर हाम्रो मागलाई बेवास्था गरेर हाम्रा नेताहरुलाई जारी गरेको पक्राउ पुर्जि फिर्ता नगरे, बन्दि साथीहरू नछाडे र झुट्टा मुद्दा खारेज राज्यले नगर्ने हो भने उनीहरुले राज्यलाई जस्तो सुकै अवस्थामा पनि आफुहरु राज्यसँग सामना गर्न पछि नहट्ने चेतावनी समेत नेताहरूले दिएका थिए ।


देश अहिले संकट्पुर्ण अवस्थामा रहेकोेले देशलाई बचाउनका लागि देशलाई माया गर्ने रास्ट्रप्रेमि, बुद्धिजीवी, कर्मचारी, मजदुर, किसान सबैलाई नेपाल कम्युनिस्ट पार्टी लगाएत चार कम्युनिस्ट पार्टीले आयोजना गरेको बन्दलाई सफल पार्न आ-आफ्नो ठाउँबाट सहयोग गरिदिन सबैलाई अपिल समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।