१३ बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) प्यूठानको तेस्रो पूर्ण बैठक सम्पन्न

0

प्यूठान । अखिल (क्रान्तिकारी) प्यूठानको तेस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै आज पार्टी कार्यालय जुम्रीमा सम्पन्न भएको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज दल बहादुर के. सी. ‘जागृति’  ले वैदेशिक हस्तक्षेप बढिरहेको समयमा राष्ट्रिय स्वाधिनताको लडाइँमा सम्झौताहिन संघर्ष गर्न युवा विद्यार्थीलाई आव्हान गरे ।

उनले भने, `एकातिर दिनानुदिन राष्ट्रघाती सम्झौताहरु भइरहेका छन् भने अर्कोतिर नेपाली दलालहरु शिक्षालाई व्यापारीकरण गर्दै हुनेखानेका शिक्षा प्रणाली र हुदाँखानेका शिक्षा प्रणालीमा वर्गिकरण गरिरहेका छन् । यसर्थ अबको संघर्ष राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै असमान शिक्षाको अन्त्य गर्ने अभियानमा संगठनलाई खरो रूपमा उतार्नु पर्छ ।

त्यस्तै कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विष्णु बहादुर रावत  ‘विज्ञान’ ले कमिसन र नाफाको भरमा शिक्षालाई बिकृत पार्ने शैक्षिक माफियाहरु लाई जनकारबाही गर्ने हैसियत अखिल (क्रान्तिकारी) संग मात्र भएको बताए ।

मातृपार्टी नेपाल कम्युनिस्ट पार्टीको आसन्न नवौं राष्ट्रिय महाधिवेशन केन्द्रित अभियान सन्चालन गर्दै पार्टी र संगठनलाई आम बिध्यार्थी र जनताको माझमा स्थापित गर्न निर्देशन दिए । अखिल क्रान्तिकारी प्यूठानको तेस्रो पुर्ण बैठक संगठनका जिल्ला अध्यक्ष गगन गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।