७ बैशाख २०८१, शुक्रबार

नेपाल वन्द सफल, चार दलले दियो जनतालाई धन्यवाद !

यदि सरकारले कारवाही गरेन भने यस्ता जनविरोधी हर्कतमा संलग्नहरुलाई जनताले उचित कार्वाही गर्ने नै छन्

0

चार दलिय रणनैतिक संयुक्त मोर्चाको आजको वैठकले सम्पुर्ण वन्दलाई सहयोग गर्ने नेपाली जनसमुदायलाई सयुक्त प्रेस वक्तव्यमार्फत धन्यवाद दिएका छन् । शान्तिपुर्ण आन्दोलनलाई जतिल वनाउन लागिपरेकाहरुलाई सम्वन्धित निकायहरुवाट कार्वाही होश भन्ने चाहेको यदि छानविन नगरी कार्वाही नगरेमा जनताले त्यसको हिसाव मिलाउने चेतावनी समेत मोर्चाले दिएको छ । पुर्व सुचना दिएर गरिएको आन्दोलनमा पनि प्रहरी दमन र हस्तक्षेप देख्दा लाग्छ सरकार सुरक्षाकर्मी अशान्ति चाहान्छन् । देहभरीवाट सयौ वन्दमा भाग लिएका वन्दकर्ता नेता कार्यकर्ता गिरफ्टार गरेर त्रासमा राख्न खोजे पनि धैर्यताकासाथ वन्द सफल भएको छ । कतै आफ्नै सवारी साधन जलाएर पार्टीलाई दोष दिन खोज्ने तत्वहरु र कतै सिविल प्रहरीहरु गुण्डाहरुसंग मिलमतोमा वन्द विथोल्न खोज्नेहरु पनि असफल सावित भएका छन् । वेलुका सम्म अधिकाँस विनाकारण गिरफ्टार परेकाहरु रिहाई भईसकेका छन् । उनिहरुलाई चारदलिए मोर्चाले उहाँहरुलाई शुभकामना दिएका छन् । वैठकद्धारा पारित सयुक्त प्रेस वक्तव्य पुर्ण पाठ यसप्रकार छ:
संयुक्त प्रेस वक्तव्य
१) आज मिति २०७९ भाद्र ७ गते हामी चार जिम्मेवार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको आयाृजनामा २०७७ साल फाल्गुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी वीच भएको ३ वुँदे सहमतिको कार्यन्वयन, राष्टघाती एमसीसी, सम्झौटा र एसपीपी, परियोजना विरुद्ध, चरम मुल्यवृद्धी र भ्रष्टाचार विरुद्ध, राष्टहित विपरितका असमान तथा अपमानजनक सन्धि तथा सम्झौटाहरुको खारेज गर्नुपर्ने माग राखेर आयोजना गरिएको नेपाल वन्दलाई सशक्त रुपमा सफल पार्न सहयोग गर्नुहुने पार्टीका कमरेडहरु, युवा, विद्यार्थी, उद्योगी, यतायत व्यवसायी, मजदुर, किसान, पत्रकार, सरक्षाकर्मी, कर्मचारी, एवं आदरणिय आमजनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
२) आज नेपाल वन्दको क्रममा काठमाण्डौ, दाङ, पोखरा, चितवन, वाँके, कैलाली, काभ्रे, वाजुरा, वाग्लुङ लगायत देशैभरिका जिल्लाहरुवाट वनदकर्ता कमरेडहरु तथा जनतामाथि सरकारले गरेको दमन, धरपकड एवम गिरफ्टारी थप झुट्टा मुद्दामा फसाउने षड्यन्त्र प्रति हामी घोर निन्दा एवम भत्र्सना गर्दछौ । गिरिफ्टार गरिनु भएका सम्पुर्ण कारेडहरुलाई तत्काल ससम्मान रिहाई गर्न जोडदार माग गर्दछौ ।
३) वन्दकै क्रममा काठमाण्डौं वुद्धनगर स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय वाहिर केहि भिजलान्ते लठैतहरुले यूवा विद्यार्थीहरुलाई लक्षित गरि भएको आक्रमण प्रयासको घटना, काभ्रे जिल्लामा कमरेड प्रमोदलाई अमानविय तथा निर्लज्ज तरिकाले गरिएको कुटपीटको घटना, सामना साँस्कृतिक परिवारका कलाकारहरुमाथिको कुटपिट तथा दुव्र्यवहार र देशैभरि भएका यस्ता वर्वरतापूर्ण घटनाको घोर निन्दा गर्दछौ । उपरोक्त अपराधमा संलग्न राज्यद्धारा परिचालित प्रहरी, विभिन्न शक्ति केन्द्रवाट परिचालित भिजिलान्तेहरुलाई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछौ । यदि सरकारले कारवाही गरेन भने यस्ता जनविरोधी हर्कतमा संलग्नहरुलाई जनताले उचित कार्वाही गर्ने नै छन् । भन्ने कुरा समेत जानकारी गराउन चाहान्छौ ।
४) यसै सन्दर्भमा हिजो भादै ६ गते सरकारले पत्रकार सम्मेलन गरी २०७७ साल फाल्गुन २१ गते नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी वीच भएको ३ वुँदे सहमति अनुरुप राजवन्दीहरुको रिहाई र झुट्टा मुद्दा खारेन गर्ने विषयमा ‘केही मुद्दा फिर्ता लिन नसकिने’ भन्ने अभिव्यक्ति दिएको प्रति हाम्रो गम्भिर ध्यान आमर्षण भएको छ । नेकपासंग भएको उक्त राजनीतिक सहमतिलाई ईमान्दारिता पूर्वक अक्षरस कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दछौ ।
६) हामी चार जिम्मेवार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका उपरोक्त मागहरु प्रति सरकार गम्भिर नभए तत्काल वैठक वसि तेश्रो चरणको संघर्षको कार्यक्रमहरु घोषण गरिने छ ।
७ भाद्र २०७९
विप्लव महासचिव नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी, आहुती महासचिव वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, कर्णजित वुढाथोकी ‘सुशिल’ अध्यक्ष नेकपा (माआवादी समाजवादी)द्धारा हस्ताक्षरीत संयुक्त प्रेस वक्तव्य

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।