२० बैशाख २०८१, बिहीबार

महासचिव विप्लवद्वारा सुरक्षा गार्ड फिर्ता

0

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफुसँग रहेका सुरक्षा गार्ड (पीएसओ) फिर्ता गरेका छन् । विप्लवलाई नेपाल सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै फिर्ता गरे पनि हालसम्म एक जना नेपाल प्रहरीका असई विप्लवसँग रहेका थिए ।

महासचिव विप्लवले आफुसँग रहेका पीएसओलाई धन्यवाद सहित विदा गरेका छन् । नेकपाको केन्द्रीय कार्यलयले उक्त कुरा पुष्टी गरेकोछ । गत साउनमा ललितपुर जिल्ला अदालतबाट महासचिव विप्लव लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि नेकपाले र सरकार तीन बुदेँ सहमतिमा इमान्दार नभएको आरोप लगाइरहेको छ । पुर्जी आदेशको विरोध, राजबन्दीहरुको रिहाई र मुद्दा खारेजी, महंगी विरुद्ध नेकपा सहितको ४ दलीय मोर्चा आन्दोलनरत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।