१५ बैशाख २०८१, शनिबार

ठाँटीकाँध गाउँ समितिको प्रथम भेला सम्पन्न

0

दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेख अन्तरगत ठाँटीकाँध गाउँ समितिको प्रथम भेला आज ठाँटीकाँध वजारमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि नेकपा दैलेखका सदस्य कमरेड प्रकाशले आफ्ने पार्टी विगत देखि नै राष्टियता,जनतन्त्र र जनजिविकाको लागि सँघर्षरथ रहेको कुरा उल्लेख गर्दै दलाल सँसदीय व्यवस्थाले राष्ट्रियता, जनतन्त्र, जनजिविकाको समस्या सामधान गर्न नसक्ने ठोकुवा गर्नु भयो ।

अहिले देउवा सरकारले एमसिसि, एसपिपि सम्झाौता गरेर देश र जनता प्रति घात गरेको कुरा बताउनु भयो ।राष्ट्रघाति एमसिसि जनताको वलमा खारेज गर्नु पर्ने कुरामा जोड दिनु भयो।अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य कमरेड उदयराम विश्वकर्मा अतिथि रहेको कार्यक्रमको अध्यक्षता कमरेड शरदले र सँञ्चालन कमरेड शिवराजले गर्नु भएको थियो ।

भेलावाट कमरेड शरद सेक्रेटरी रहने गरि १३ सदस्यीय ठाँटीकाध गाउँ समिति निर्वाचित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।