४ बैशाख २०८१, मंगलवार

नेकपा कालिका नगरपालिकाको प्रथम नगर अधिवेसन सम्पन्न

0

चितवन । नेपाल कम्युनिष्ट पार्टी चितवनको कालिका नगरपालिकाको प्रथम नगर अधिवेसन सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ९ औं अधिवेशन नजिकिँदै गर्दा चितवन जिल्ला लगायत देशैभर जिल्ला, नगर अधिवेशन सन्चालन भैरहेको छ। यसै क्रममा चितवनको कालिका नगरपालिकाको पनि प्रथम नगर अधिवेसन सम्पन्न भएको छ। क. शारदाको अध्यक्षतामा सन्चालन उक्त अधिवेसनमा क. विश्वास चन्द सेक्रेटरीको नेतृत्वमा २९ सदस्यीय कमिटी निर्माण भएको हो।

उक्त नगर अधिवेसनका प्रमुख अतिथि नेकपा चितवन विषेश कमिटी सदस्य तथा विध्यार्थी फ्य्राक्शन इन्चार्ज क. रुद्र भट्टराई, अतिथि नेकपा चितवन जिल्ला सदस्य तथा चेपाङ मुक्ति मोर्चाका जिल्ला अध्यक्ष क। सुर्यमान, अनेमसंघ क्रान्तिकारी जिल्ला संयोजक क. निता, अखिल (क्रान्तिकारी) जिल्ला सदस्य तथा रत्ननगर कालिका इन्चार्ज क.दिनेश, नेकपा जिल्ला सदस्य क. लिला लगायतका अतिथिहरु को उपस्थिति रहेको थियो ।

उक्त अधिवेसनमा बोल्दै प्रमुख अतिथि क. रुद्रले अहिलेको दलाल संसदिय ब्यबस्थाले राजनितीक निकाश दिन नसक्ने तथा नेपाल र आम नेपाली जनताको समस्या र विकासको निमित्त काम नगरी उल्टै देशको राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त लड्ने, राष्ट्रघाती एमसीसी खारेज, राष्ट्रघाती नागरिकता विधेयक, कालोबजारी महङ्गी भ्रष्टाचार लगायतको विरुद्धमा संघर्ष गर्ने क्रान्तिकारीहरुलाई दमन गर्ने यस्तो राज्यसत्ता पुर्ण रुपमा असफल भएको बताएका हुन् ।

नेता रुद्रले देशको स्वाधीन विकास, निशुल्क स्वास्थ्य, शिक्षा लगायत कालिका नगरपालिका र नगर भित्रको आम समुदायको समग्र विकासको निमित्त हामि मर्न तयार रहेको समेत बताउदै सम्पुर्ण क्रान्तिकारी योध्दाहरुलाइ साथ दिन समेत अपिल गरेका हुन् ।

यसैगरी पार्टीको निती तथा योजना अन्तर्गतको नेता तथा कार्यकर्ता आत्मनिर्भरको विषयमा प्रष्ट पार्दै अब दलालहरुको खुट्टा समाउने चन्दा उठाउने जस्ता कार्य रोकी कार्यकर्तालाई कृषि तथा व्यवसायमा लाग्न अपिल गर्दै पार्टी सदैव तपाईंहरुको साथमा रहेको समेत जानकारी गराएका हुन् । उहाँले थप्दै देशको प्राकृतिक स्रोत साधनमाथि कब्जा गर्ने यस्ता दलालहरुलाई लखेट्नु पर्छ भन्दै त्यस्ता दलालहरु संग नमिल्न र त्यसको विरुद्ध मा संघर्ष गर्न समेत आग्रह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।