७ बैशाख २०८१, शुक्रबार

ईलाम माईको सम्मेलन सम्पन्न रुद्रखातीको नेतृत्वमा १५ सदस्यिय कमिटी गठन

0

ईलाम । जिल्ला सम्मेलनको तिब्र तयारी गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ईलामको माई नगरपालिकाको सम्मेलन आज सम्पन्न भएको छ । सम्पन्न सम्मेलनले रुद्र खातिलाई सेक्रेटरी निर्वाचित गर्दै १५ सदस्यिय कमिटी गठन गरेको हो ।

सम्मेलनमा पार्टीका ईलाम सचिब मौसमको प्रमुख आतिथ्यता रहेको थियो । उनले शुभकामना मन्तव्य राख्दै राज्यले हाम्रो पार्टीलाई चुनौतिको रुपमा देखेको भन्दै ब्यवस्थाको खराबिको ढाकछोप गर्न खोजेको बताए । उनले यो देश र जनताको वास्तविक चुनौती शेरबहादुर देउवा, प्रचण्ड, केपि हरु भएको हुनाले यी देशलाई संकटमा पार्ने नेता र तिनका दल बिरुद्ध सेनाले सोच्नु पर्ने बताए । उनले आफ्नो पार्टी यो देश र जनताको रक्षा र उन्नतिमा प्रतिबद्ध भएको पार्टी भएको हुनाले आफ्नो पार्टी संग सहकार्य गर्न नेपाली सेनालाई सुझाब दिए ।

सम्मेलनको अधक्षता माई नगरका ईन्चार्ज अमर राईले गरेका थिए भने संचालन रुद्रखातीले गरेका थिए । भेलालाई पार्टीका जिल्ला सदस्य बिमलले पनि शुभकामना दिएका थिए । पार्टिले यहि १६ गते ईलाम बजारमा सामना सांस्कृतिक परिवारको बेजोड प्रस्तुती सहित जिल्ला सम्मेलन गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।