१४ बैशाख २०८१, शुक्रबार

नेकपा ललितपुर महानगरको नवौ भेला सम्पन्न

0

ललितपुर । ललितपुर महानगरको ऐतिहासिक नवौं भेला महासचिव को निवास हरसिद्धि मा महानगर सेक्रेटरी महेश राज बज्राचार्य को अधक्ष्यतामा सम्पन्न भएको छ । कैलाशद्धारा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कमरेड हितमान र विषेश अतिथि केन्द्रीय स्कूलिङ विभाग सदस्य विपिन अतिथिहरु ललितपुर जिल्ला सेक्रेटरी ललित नेवा मुक्ति मोर्चा ललितपुर जिल्ला अधक्ष्य विकेश, मजदुर इन्चार्ज अनुप, गोदावरी नगर सेक्रेटरी मोहन लगाएतका थिए । महेश राज बज्रचार्यको नेतृत्वमा २७ जना सदस्य को महानगर कमिटी निर्वाचित भएको जिल्ला सेक्रेटरी ललितले वताउनुभयो ।

 नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानले पार्टी को रणनीति, कार्यदिशाको वारेमा प्रशिक्षणात्मक बधाई मनतव्य दिदै विश्वको रणनैतिक योजनामा नेपालमाथी वैदेशिक हस्तक्षेप वढेकोले नेपालको एकमात्र जनता र राष्ट्रको पार्टी नेकपा माथीको आक्रमण भनेको नेपाल र नेपाली जनतामाथीको आक्रमण हो । यसलाई प्रतिवाद गर्नु वा योजनालाई वदर गराउन सकिएनभने नेपालका संसदवादी दलहरुले नेपाल वेचेको र दास भएको आरोप लगाउनु भयो । शुभकामना मन्तव्य नेवा केन्द्रीय उपाध्यक्ष रत्न, जिल्ला सेक्रेटरी, ललित, भक्तपुर जिल्ला सेक्रेटरी विजय लगायत का नेता हरुले शुभकामना तथा बधाई मनतव्य राख्नू कएको थियो । स्कुलिङ् विभाग केन्द्रीय सदस्य विपिन द्वारा निर्वाचित नगर कमितिलाई सपथ ग्रहण गराईएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।